उपनिर्वाचनमा उम्मेदवार बनेकालाई निर्वाचन चिन्ह प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

उपनिर्वाचनमा उम्मेदवार बनेकालाई निर्वाचन चिन्ह प्रदान

nirbachan aayog

काठमाडौं, २५ कात्तिक । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार बनेकालाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

आयोगले सोमबार बिज्ञप्ति जारी गर्दै उमेद्वारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको जनाएको हो । आयोगका अनुसार कास्की जिल्ला प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का लागि उमेद्वारको अन्तिम नामावली प्रकाशनमा नाम भएका राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी २१ जना उमेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

यसैगरी भक्तपुर जिल्ला प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ (क) को लागि राजनीतिकदलका ९ र स्वतन्त्र १० गरी १९ जनालाई, बागलुङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को (ख)का लागि राजनीतिक दलका ८ र स्वतन्त्र २ गरी १० जना उमेद्वारलाई तथा दाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ (ख) का लागि राजनीतिक दलका १२ र स्वतन्त्र २ गरी १४ जना उम्मेदवारलाइ निर्वाचन चिन्ह प्रदान गरेको आयोगले विज्ञप्तिमा जनाइएको छ ।

उपनिर्वाचनका लागि उमेद्वारहरुले यहि कार्तिक २१ गते मनोनयन दर्ता गरेका थिए । स्थानीय तहको उपनिर्वाचनका लागि भने यही कात्तिक २७ गते उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);