गण्डकी मेडिकल कलेजका विद्यार्थी अनसनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

गण्डकी मेडिकल कलेजका विद्यार्थी अनसनमा

उमा आले
पोखरा, २८ माघ । गण्डकी मेडिकल कलेज पोखराका विद्यार्थीहरुले आफुहरुको माग पुरा नगरेको भन्दै रिले अनशन सुरु गरेका छन् । सरकारले तोकेको भन्दा बढी लिइएको शुल्क विद्यार्थीहरुलाई नै फिर्ता दिनुपर्ने, विद्यार्थीहरुले तिरेको शुल्कको बिल, भौचर तथा रसिद उनीहरुलाई दिनुपर्ने लगायतका मागहरु राख्दै विद्यार्थीहरुले रिले अनशन सुरु गरेका हुन् ।

कलेजले सरकारले तोके भन्दा बढी मनपरी शुल्क लिएको विरोधमा उनीहरु धर्नामा बसेका हुन् । आईतबारदेखि कलेजमै सामुहिक रिले अनशनमा बसेका विद्यार्थीहरुले बढी लिएको रकम फिर्ता गर्नुपर्ने लगायत विभिन्न मागहरु अघि सारेका छन् ।

आफुहरुले यसअघि विभिन्न चरणमा गरेका शान्तिपुर्ण आन्दोलनलाई कलेजले बेवास्ता गरेकोले यस्तो कदम चाल्नु परेको विद्यार्थीहरुको भनाई छ । विद्यार्थीहरुले आफुहरुको माग पुरा नभएसम्म रिले अनशन जारी राख्ने बताएका छन् । अनशन बस्दा अप्ठ्यारो परिस्थिति आए कलेज प्रशासन नै जिम्मेवार हुनुपर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

विद्यार्थीहरुको दवावपछि कलेजले यस अघि नै अतिरिक्त रकम फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । तर गरेको सम्झौता कलेजले कार्यान्वयनमा ल्याएन । उल्टै कलेज प्रशासनले परीक्षामा विद्यार्थीलाई अनुतीर्ण गराउने धम्की दियो । कलेजले धम्की दिएपछि बाध्य भएर धर्नामा बस्नु परेको विद्यार्थी रबिना मिश्रले बताइन् ।

गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलनलाई अखिल नेपाल विद्यार्थी युनियनले समेत समर्थन गरेको छ । युनियनले चिकित्साशास्त्र अध्ययन संस्थानमा माघ नौ गते ज्ञापनपत्र बुझाएको जानकारी दिएको छ ।

माघ १५ गतेको सम्झौता अनुसार छानबिन गरी कलेजले लिएको अतिरिक्त रकम सम्बन्धित विद्यार्थीहरुलाई फिर्ता दिन सात दिने अल्टिमेटम दिएपनि कलेजले बेवास्ता गरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रेको युनियनका प्रमुख प्रविण मिश्रले जानकारी दिए ।

लिएको अतिरिक्त शुल्क फिर्ता गर्नु पर्ने मागसहित आन्दोलित भएका कलेजका विद्यार्थाीहरुले विभिन्न चार बँुदे माग राखेका छन् । गण्डकी मेडिकल कलेजले बढी शुल्क उठाएको विरोधमा विद्यार्थीहरुले माघ १७ गतेदेखि विभिन्न चरणमा आन्दोलनहरु गर्दै आएका छन् । तर कलेज प्रशासनले विद्यार्थीहरुको मागको अहिलेसम्म कुनै सम्बोधन गरेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);