नेशनल मेडिकल कलेज विरुद्ध शनिबार पनि विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

नेशनल मेडिकल कलेज विरुद्ध शनिबार पनि विरोध प्रदर्शन

वीरगञ्ज, ९ कात्तिक । वीरगञ्ज नेशनल मेडिकल कलेजले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले शनिबार पनि विरोध -याली प्रदर्शन गरेका छन् । मेडिकल कलेज व्यवस्थापन समितिले गुन्डाहरू लगाएर तर्साउन खोजेको आरोप विद्यार्थीहरुले लगाएका छन् ।

बढी शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थीहरूलाई चितवन मेडिकल कलेजबाट आएका विद्यार्थीहरूले समर्थन गरेपछि आक्रोशित भएको नेशनल मेडिकल कलेज व्यवस्थापनले बेलुकी होस्टेलमा बसेका छात्रहरूलाई डर, धाक, धम्की दिने काम गरेको विद्यार्थीहरुको भनाई छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विद्यार्थीहरूलाई व्यवस्थापन समितिले डर, धम्की, त्रास देखाएको कुरा आएको पुष्टि गर्नु भएको छ ।