राती १० बजेपछि देउसी-भैलो खेल्न नपाइने | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

राती १० बजेपछि देउसी-भैलो खेल्न नपाइने

काठमाडौं, ९ कात्तिक । तिहार नेपालीहरुको दोस्रो ठूलो महान् चाड हो । नेपालीहरुको महान् चाड दशैँ सकिएसँगै गाउँदेखि शहरसम्म तिहारको रौनक बढेको छ ।

तिहारको बेलामा गाउँदेखि शहरसम्म सरसफाई लगायत झिलिमिली बत्ती बाली रमाइलो गरी मनाईने गरिन्छ । त्यसैले तिहारलाई खुशीको पर्वको रुपमा समेत लिईन्छ ।

रमाइलो गरी तिहार मनाउने क्रममा कुनै अप्रिय दुर्घटना नहोस भनेर सरकारले पटका आयात गर्न र पड्काउन निषेध गरेको छ । त्यस बाहेक अन्य अपराधिक क्रियाकलाप नहोस भनेर महानगरीय अपराध महाशाखाले काठमाडौंमा उपत्यकामा सुरक्षा व्यवस्थालाई कडा गरेको छ । तिहारमा रमाइलो गर्ने नाममा मापसे नगर्न, जुवा तास नखेल्न महानगरीय अपराध महाशाखाले सर्वसाधारणलाई अपिल गरेको छ ।

दशैंमा जस्तै तिहारको सुरक्षाको लागि पनि दिनरातै प्रहरी परिचालन गरिएको छ । प्रहरीले रातको समयमा पनि टोलटोलमा निगरानी बढाउने जनाएको छ । सडक दुर्घटना हुन नदिन सादा पोशाक तथा पोशाकमा प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरेको छ ।

देउसी भैलो भड्किलो नबनाउन प्रहरीले सबैलाई सचेत गराएको छ । चाडवाडमा सुरक्षा व्यवस्थालाई कडा पारिएपछि सर्वसाधारणबाट फरक फरक प्रतिक्रिया आएको छ ।

पटका आयात र प्रयोगमा सरकारले देशैभर निषेध गरेको छ । पटका आयात भएको पाइएमा प्रहरीले तत्काल नियन्त्रणमा लिइ नष्ट गर्ने गरेको छ । देउसी भैलो पनि राती १० बजेपछि खेल्न नपाइने भएको छ ।

हरेक जिल्लाको प्रमुख जिल्ला प्रशासन कार्यालय मार्फत राती १० बजेपछि देउसी भैलो नखेल्न र कसैलाई पनि जवबजस्ती रकम नउठाउन आदेश जारी गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);