तिहारको आगमनसँगै बजारमा सर्वसाधारणको चहलपहल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तिहारको आगमनसँगै बजारमा सर्वसाधारणको चहलपहल

काठमाडौं, ९ कात्तिक । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आगमनसँगै मुलुकभरका बजारहरुमा किनमेलका लागि चहलपहल निकै बढेको छ । बजारमा विभिन्न किसिमका रंगीचंगी बत्ती, टीका, फलफुल लगायत तिहारमा चाहिने सामग्री किनमेल गर्ने सर्वसाधारणको चहलपहल बढेको हो ।

तिहारमा पुजाका लागि आवश्यक पुजा सामाग्री लगायत फलफुल, रंगीचंगी बत्ती, टिका, भाईटिकामा दिदी बहिनीले दाजुभाईलाई टिका लगाईदिएपछि कोशेलीका रुपमा दिइने मसला, सामग्री, माला खरिद तथा बिक्री गर्नेहरुको अहिले प्राय देशभरका बजारमा भिड देखिन्छ । सर्वसाधारणहरुलाई खरिदको चटारो छ भने घरेलुदेखि ठुला व्यवसायीसम्मलाई बिक्री गर्ने चटारो छ ।

सुदूरपश्चिमको सात पहाडी जिल्लाको मुख्य केन्द्रमा रहेको डडेल्धुराको सदरमुकाममा पनि यतिखेर निकै घँुइचो बढेको छ । तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, सप्तरंगी टीका लगायतका प्रायः तिहारमा प्रयोग हुने सबै प्रकारका झिलीमिली बत्ती तयारी दियो, टीकालगायत प्लास्टिकका मालाको मूल्य बढेको डडेल्धुराका उपभोक्ता गुनासो छ ।

तिहार सुरु भएसगै नयाँ सामानको खरिद गर्नेको भीडभाडले बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । चाडवाडको समयमा बजारमा मानिसको चहलपहल बढेको भएपनि बिगतका बर्षहरुमा जस्तो व्यापार नभएको व्यापारीहरुको भनाई छ ।

यता, पाल्पाको तानसेन बजारमा पनि तिहारका लागि किनमेल गर्नेहरुको भिड लागेको छ । तानसेनको बजारहरुमा भने प्राय भारतीय व्यापारीहरुले व्यवसाय गर्दै आएका छन् । तानसेन नगरको मुख्य बजार हुलाक चोक तस्रो सडक, नारायण टोलमा बर्षौँ देखि भारतीय व्यापारीहरु आई तिहार लक्षित गरी व्यापार गर्दै आइरहेका छन् ।

तानसेन नगरपालिकासंग सडकमा व्यापार गरेवापत दैनिक रुपमा ७० रुपैँया का दरले राजश्व बुझाई सडक पेटीमा व्यापार गर्ने भारतीय व्यापारीहरुको संख्या ५० भन्दा बढी रहेको छ । प्रायः तिहारका लागि झिलिमिली बत्ती, तयारी दियो, टीकालगायत प्लास्टिकका माला, विद्युतीय सामग्री, घर सजावटका सामानहरु चीन तथा भारतबाट नै आयात हुँदै आइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);