तिहार सुरु भएसंगै कृषकलाई फूल बेच्ने चटारो | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

तिहार सुरु भएसंगै कृषकलाई फूल बेच्ने चटारो

ful bechna chataro

काठमाडौं, ९ कात्तिक । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसंगै मुलुकभर फुल खेती गर्ने कृषकहरुलाई फुल बेच्न भ्याई नभयाई भएको छ । विभिन्न पहाडी जिल्ला लगायत तराईका जिल्लाहरुमा पनि सयपत्री तथा मखमली फुल कृषकहरुले बजार पनि सजिलैसंग पाईरहेका छन् भने स्थानीय निकायहरुले पनि कृषकहरुलाई सहयोग गरेको पाईएको छ ।

फुल तथा बत्तीहरुको पर्वको रुपमा मानिने तिहारमा पुष्प खेती गर्ने कृषकहरुलाई फुल बेच्ने चटारो छ । तिहार सुरु भएसंगै सबैले आ–आफ्ना घर आँगनमा सयपत्री फुलले सजाउने र दाजुभाईलाई सयपत्री तथा मखमली फुलको माला लगाउने परम्परा भएकोले बजारमा दिनप्रति दिन फुलको माग बढ्दै गएको कृषकहरु बताउँछन् ।

ful bechna chataro1

नेपालगञ्ज, कपिलवस्तु, पाल्पा, इलाम लगायतका विभिन्न जिल्लाहरुमा फुलको व्यवासायिक खेती फस्टाउन थालेको छ । आफ्नो उत्पादनले राम्रो बजार पाएपछि फुल कृषकहरु पनि हर्षित भएका छन् भने मनग्ये आम्दानी हुने गरेको कृषकहरुको भनाई छ ।

पाल्पामा पनि प्रदेश नं. ५ ले प्रदान गरेको ७ दिनको तालिम संगै २ रोपनीमा मखमली र सयपत्री लगाएका पाल्पाका दिल बहादुर थापा पनि आफ्नो उत्पादनको माग बढे पछि दंग परेका छन् ।

नेपालगञ्जमा कुनै सेमिनार,गोष्ठी ,पुजाआजा, विवाह वा पाहुनको स्वागतका लागि भारतबाट आयात गर्नु पर्ने बाध्यता थियो भने अहिले स्थानीय उत्पादनले नै माग परिपुर्ति गरिरहेको छ । कृर्षि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले पछिल्लो समयमा मागसंगै पुष्प खेती बढ्दै गएको बताउनु भयो । उहाँले पुष्प खेती गर्नेका लागि छुट्टै कार्यक्रम नभएपनि खेती गर्न चाहनेहरुलाई यस केन्द्रले प्राविधिक जानकारी दिंदै आएको बताउनु भयो ।

यता पाल्पाको रामपुर नगरपालिकाले पनि प्राविधिक सहयोग गर्दै व्यवसायिक फुल खेतीलाई गौरवको रुपमा लिएको नगर प्रमुख रमण बहादुर थापाले जानकारी दिनुभयो ।
ful bechna chataro2
फ्लोरिकल्चर एसोसियन अफ नेपालको तथ्याङ्क अनुसार नेपालमा बार्षिक साढे २ अर्व रुपैँयाको फुल खपत हुने गरेको छ । यस बर्षको तिहारमा २५ करोड बराबरको फुल खपत हुने अनुमान गरिएको छ । यसरी ठुलो परिमाणमा खपत हुने फुल नेपालमा पनि धेरै स्थानमा प्रशस्त उत्पादन हुने थाले पछि भारतबाट हुने आयातलाई न्युन गरेर देशको आर्थिक अवस्थालाई सुदृढ गर्न टेवा पुर्‍याइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);