चाडपर्वमा हुन सक्ने अपराधलाई न्युनीकरण गर्न प्रहरी सक्रिय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चाडपर्वमा हुन सक्ने अपराधलाई न्युनीकरण गर्न प्रहरी सक्रिय

police

धनुषा, ९ कात्तिक । नेपाल प्रहरीले चाडपर्वको बेला हुन सक्ने अपराधलाई न्युनीकरण गर्नको लागि अभियान संचालन गरेको छ ।

अभियान अनुसार सादा पोशाकमा प्रहरी परिचालन गर्नुका साथै सिमापारबाट ल्याइएको पटाका लागयतका प्रज्वलनशील पदार्थ नियन्त्रणमा लिइएको छ ।

धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले सिमा क्षेत्रबाट ल्याइएको पटाका लगायतका सामानहरु मातहतका प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको बताउनु भयो ।

यता, नेपाल प्रहरी जस्तै सशस्त्र प्रहरीले पनि सिमा क्षेत्रमा यस्ता पदार्थहरु नियन्त्रणन लिने गरेको सशस्त्र प्रहरी गण नं. ८ धनुषाका सशस्त्र प्रहरी नायव उपरिक्षक निर्मल खडकाले बताउनु भयो ।

उहाँले गणबाट खटेका सशस्त्र प्रहरीले नै २ लाख बराबरको पटाका नियन्त्रणमा लिएको बताउनु भयो । सिमा क्षेत्रबाट अहिले मात्र धनुषा जिल्लामा करोडौको पटाका लगायतका सामानहरु भित्रिने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);