पवित्र धार्मिक तीर्थस्थल देवघाट असहाय बृद्धबृद्धाको लागि आश्रयस्थल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पवित्र धार्मिक तीर्थस्थल देवघाट असहाय बृद्धबृद्धाको लागि आश्रयस्थल

प्रनिश थापा
चितवन, २८ माघ । चितवनको पवित्र धार्मिक तीर्थस्थल देवघाट भक्तजनहरुको लागि मात्र नभई असहाय बृद्धबृद्धाको लागि पनि गन्तव्यस्थल बनेको छ । तनहँुको देवघाट समाज कल्याण केन्द्रको बृद्धाश्रम घरबाट त्यागिएका र असहाय बृद्धबृद्धाको लागि आश्रयस्थल बनिरहेको छ ।

सिन्धुली घर भएकी ८५ बर्षिया लक्ष्मी माया बिगत ६ बर्ष देखि तनहँुको देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रममा बस्दै आएकी छन् । आफ्ना परिवारको बारेमा खुलाउन नचाहने उनले आफ्ना सन्तानले हेला गरेर बृद्धाश्रममा आएर बस्न बाध्य भएको बताउँछिन् ।

नौ महिना कोखमा राखी सुख दुःख गरी हुर्काएका आफ्नै सन्तानहरुबाट मायाको अपेक्षा गर्नु अहिलेको समयमा बेकार भएको उनको दुखेसो छ ।

लक्ष्मीजस्तै, उमा देवी शर्मा पनि आठ बर्ष देखि यही बृद्धाश्रममा बस्दै आएकी छन् । एक सय ३ बर्ष उमेरकी उनी श्रीमान्को मृत्यु पछि राजदरबारमा काम गर्दै आएकी थिइन् । तर, दरबार हत्याकाण्ड पछि उनी यसै आश्रममा छन् ।

उनका पनि आफन्त नभएका होइनन् तर, जब शरिर अशक्त बन्छ, तब आफ्नैले पनि चिन्न छाड्ने उनी बताउँछिन् ।

लक्ष्मी माया श्रेष्ठ र उमादेवी शर्मा त प्रतिनिधी पात्रहरु मात्र हुन् । तनहँुको यस बृद्धाश्रममा उनीहरुजस्तै २९ जना बृद्धबृद्धा बस्दै आएका छन् ।

यहाँ कोही घरबाट त्यागिएका छन् त कोही असहाय भएर आएका छन् । कोही भने आफ्ना परिवारलाई दुःख दिन नचाहेर आफुखुशी आएको पनि बताउँछन् । बृद्धाश्रममा ल्याइने बृद्धबृद्धाहरुको संख्यामा बृद्धि भएपछि नेपाल सरकारले यस आश्रमका लागि छुट्याइएको रकमले यहाँको व्यवस्थापनको लागि अत्यन्तै समस्या हुने गरेको छ ।

खाना खुवाउनको लागि विभिन्न दाताहरूको भर पर्नुपर्ने बाध्यता छ । सरकारद्वारा ज्येष्ठ नागरिकका लागि महिनाको एकपटक स्वास्थ्य चेकजाँच गर्ने कार्यक्रमको आयोजना गरिदिए अत्यन्तै सहज हुने समाज कल्याण परिषदका नासु ढकराज कोइरालाको भनाई छ ।

आजको व्यस्त परिवेश र आफ्ना अधिकारको पछि लाग्ने युवापुस्ता आफ्नो कर्तव्य बिर्सदै आएका छन् । आमाबाबुले आफ्ना सन्तानका लागि सर्बस्व सुम्पिएर स्याहार गरेपनि सन्तान सक्षम भएपछि आमा बाबुलाई बेवास्ता गर्ने गलत संस्कार विकास हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);