बृद्धाश्रममा बृद्ध-बृद्धाको संख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बृद्धाश्रममा बृद्ध-बृद्धाको संख्या बढ्दै

पुष्पा पोखरेल
काठमाडौं, १६ असार । पछिल्लो समय वृद्धाश्रमहरुमा वृद्धवृद्धाको संख्या बढ्न थालेको छ । समाज र घरहरुमा अपहेलित हुनथालेपछि वृद्धवृद्धाको आश्रयस्थल वृद्धाश्रम हुन पुगेको छ ।

आधुनिकतासँगै कामको व्यवस्थता, वैदेशिक रोजगारीप्रति छोराछोरीको बढ्दो आकर्षण र परिवारको खण्डिकरणले वृद्धाश्रममा वृद्धवृद्धाको बास हुनेक्रम बढ्दै गएको छ ।

काठमाडौं सोल्टीमोड नजिकको एउटा वृद्धाश्रम, जहाँ अहिले १०५ जना आमाहरु आश्रय लिइरहेका छन् । पुर्व मेचिदेखि पश्चिम महाकालीसम्मका बृद्धबृद्धाहरु यस आश्रममा छन् । ति मध्यकी एक हुनुहुन्छ, ललितपुर इमाडोलकी ८० वर्षीया रामदेवी श्रेष्ठ । उहाँ विगत ३ वर्षदेखि घर छोडेर आश्रममा बस्दै आउनु भएको छ ।

रामदेवीको इमाडोलमा आफैंले बनाएको २ करोड मूल्य बराबरको घर छ । छोरा बुहारी, नातिनातिना, पनाती पनातिनादेखि आफन्त सबै छन् । तर पनि उहाँलाई आश्रममा बस्नु पर्ने बाध्यता छ ।

जब श्रीमानको मृत्यु भयो, छोरा बुहारी तथा पनाती पनातीनीहरुल हेला गर्न सुरु गरे । हेला गरे पनि घरमै बस्ने इच्छा हुँदाहुँदै एक दिन आफ्नै पलातीले आश्रममा ल्याएर छोडेको ८० वर्षीय वृद्ध आमा रामदेवी श्रेष्ठ स्मरण गर्नुहुन्छ ।

रामदेवी श्रेष्ठको जस्तै बेदना यहाँ धेरैको छ । ओखलढुङगा घरभइ विगत ६ वर्षदेखि आश्रममा बस्दै आएकी कान्छी कार्कीको गुनासो पनि त्यस्तै छ । जब काम गर्न नसक्ने अवस्था आयो श्रीमानको मृत्यु भयो तब सबैबाट हेला हुन थाल्यो । बिरामी भएर पाटन अस्पतालमा उपचार गराउन आउँदा छोरा बुहारीले छाडेर गएको उहाँ स्मरण गर्नुहुन्छ ।

कुनै पनि सन्तानको सफलाको एक मात्र आधार आमा बुबा नै मानिन्छन । तर बिडम्बना, बुढेसकालमा जसको सफलता र खुशीको लागि आफनो जीवन व्यतित गरेका हुन्छन् उनै परिवारको लागि बोझ जस्तो देखिएका छन् आमाबाबु।

श्रेष्ठ र कार्की हाम्रो समाजको एउटा प्रतिनिधिमुलक पात्र मात्र हुन् । यस्ता घटना धेरै छन्, जो अहिले वृद्धाश्रमको बास बस्न बाध्य छन् । वैदेशीक रोजगार, परिवारको खण्डीकरण र कामको व्यस्तताले यस्तो अवस्था सृजना गरेको देखिन्छ ।

यसले बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैमाथि भन्ने उखानलाई चरितार्थ गरेको छ । अनि यसले, हाम्रो समाज अब कता जाँदैछ भन्ने प्रश्न पनि उठाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);