काठमाडौंमा साझाले २० वटा थप नयाँ बस थप्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौंमा साझाले २० वटा थप नयाँ बस थप्यो

sajha bus

काठमाडौँ, १६ असार । काठमाडौँ उपत्यकाको सडकमा थप २० वटा साझा बसले सेवा दिने भएको छ । काठमाडौँ उपत्यकाको तिन वटा जिल्लाका काँठ क्षेत्रका बासिन्दालाई सजिलो हुने गरि साझा यातायातले सेवा दिन लागेको हो ।

सोमबार काठमाडौँमा एक कार्यक्रमकाबीच काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले उपलब्ध गराएको अनुदानबाट खरिद गरिएको बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ ।

यस्तै साझा यातायातले काठमाडौँ उपत्यका बाहिर पनि सेवा दिने भएको छ । साझा यातायातले काठमाडौँबाट पोखरा हुँदै बागलुङ र काठमाडौँबाट नारायणगढ, बुटवल, भैरहवा हुँदै बेलहिया सम्म रात्रीकालिन बस सेवा संचालन गर्न लागेको हो ।

साझा यातायातले काठमाडौँ उपत्यकामा नयाँ गाडीहरुलाई १० वटा रुटमा चलाउने भएको छ । साझाको पुरानो रुटको साथै बुङ्गमति देखि बुढानीलकण्ठ, लगनखेलबाट सातदोबाटो हुँदै थानकोट, नयाँ बसपार्कबाट सुर्यविनायक र लगनखेलबाट शहीदगेट हुँदै दक्षीणकाली सम्म साझाका बसहरुले सेवा दिनेछन् । साझाका २० नयाँ बस खरिद गर्न काठमाडौँमहानगरले ५ करोड र ललितपुरमहानगरले १ करोड रुपैयाँ अनुदान सहयोग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);