फोहोर उठ्न नसक्दा उपत्यका दुर्गन्धित, क्षतिपूर्ति बढाउनुपर्ने सिसडोलकाे माग | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

फोहोर उठ्न नसक्दा उपत्यका दुर्गन्धित, क्षतिपूर्ति बढाउनुपर्ने सिसडोलकाे माग

fohor

प्रमिला भण्डारी

काठमाडौं, १६ असार । काठमाण्डौ उपत्यकामा केहि दिनदेखि फोहोर उठ्न नसक्दा सहर दुर्गन्धित बनेको छ । फोहोर नउठ्दा सडकमा हिड्न समेत पैदल यात्रुलाई गाह्रो हुन थालेको छ । भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा त कलेज र विद्यालयका मूल गेट अगाडि नै फोहोरको डंगुर छ । काठमाण्डौको फाहोरमा वर्षेनी हुने राजनीति र सहरी दुर्गन्धित हुने गरी थुप्रिएको फोहोरको डंगुरले स्थानीयदेखि सर्वसाधारण अहिले आक्रोसित छन् ।

काठमाण्डौका सडक, पसल तथा विद्यालय वरपर जथाभावी रुपमा फालीएका फोहोर केहि दिन यता उठ्न सकेको छैन । फोहोर फाल्ने क्षेत्र नुवाकोटको सिसडोलका स्थानीय बासिन्दाको अवरोधका कारण केही दिनदेखि महानगरपालिकाले फोहोर उठाउन नसकेको हो । पहिले दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण गर्नुपर्ने लगायतका माग राख्दै सिसडोलबासी आन्दोलित भएपछि काठमाण्डौका सडक किनारामा थुप्रिएको फोहोर व्यवस्थापनमा कठिनाई भएको हो । यसको प्रत्यक्ष असर विद्यार्थी, शिक्षक, बाटो हिड्ने मानिस तथा सडक छेउमा पसल सञ्चालन गर्दै आएका व्यक्तिमा परेको छ ।

विद्यालयको छेवैमा धेरै दिनसम्म फोहोर थुपारेर राख्दा विभिन्न किसिमका रोगको संक्रमण हुने भएकोले सम्बन्धित निकायलाई धेरै पटक भन्दा पनि सुनुवाई हुन नसकेको शिक्षकहरुको भनाई छ ।

यो समस्या अहिलेको मात्र नभएर धेरै पहिलेदेखि भएकोले यो समस्या समाधान हुनेमा सर्वसाधारण आशावादी हुन सकेका छैनन् ।

काठमाण्डौं उपत्यकाबाट अहिले दैनिक ८ सय ५३ टन फोहोर संकलन भईरहेको छ भने वार्षिक ३ लाख ७० हजार ८० टन उत्पादन हुने गरेको छ । सरकारले फोहोर व्यवस्थापनको स्थायी समाधान खोज्न नसक्दा र फोहारमा जानीबुझी राजनीति भईरहँदा समस्या समाधान हुन नसकेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);