रुकुममा जीप दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुकुममा जीप दुर्घटना

jeep

रुकुम, १६ असार । पूर्वी रुकुमको रुकुमकोटबाट पश्चिम रुकुमको मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका–६ को पाखागाउँमा दुर्घटना भएको छ ।

आइतवार राति करीव १२ बजे भएको दुर्घटनामा परी पाँच जना घाइते भएका छन । तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । जीप सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी चालक आठबिसकोट नगरपालिका–११ पश्चिमरुकुमका २२ वर्षीय राजेन्द्र विक प्रहरी नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धान भइरहेको पश्चिम रुकुम प्रहरीले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);