साझा यातायातले सुरु गर्यो राजधानीमा विद्युतिय बस | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साझा यातायातले सुरु गर्यो राजधानीमा विद्युतिय बस

काठमाडौं।साझा यातायातले आजबाट राजधानीमा विद्युतिय बस सञ्चालनमा ल्याएको छ। सुरुवाती परिक्षणको रुपमा तीन वटा बस आजबाट सञ्चालनमा ल्याइएको हो । थप ३७ थान विद्युतिय बस आगामी साउन मसान्तसम्म भित्रिने आज एक विज्ञप्ति जारी गर्दै साझा यातायातले जनाएको छ। साझाको विद्युतिय बसको ‘सफ्ट लन्च’ आज साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाबाट गरिएको थियो।

‘नेपाल सरकारले २०७६ असार ३१ मा विद्युतिय परिवहन प्रवर्दन गर्न साझा यातायात सहकारी संस्था लि.मा ३ अर्ब रुपैयाँ लगानि गर्नाले यस संस्थालाई विद्युतिय बसको ‘फ्लिट’ निर्माण गर्न सम्भव भएको हो,’ साझाले विज्ञप्तिमा भनेको छ । व्याट्रिबाट चल्ने बस प्रविधि नयाँ भएकोले साझा यातायातले विभिन्न चरणमा विद्युतिय सवारी भित्राउने योजना बनाएको छ।

पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरि ८.५ मिटर लम्बाईको ४० बस खरिद गरिएका छन् जुन चिनको नानजिङ्ग सहर स्थित सिएचटिसि’ कम्पनीको उत्पादन हुन् ।

दोश्रो चरणमा १०–१२ मिटर लम्बाईको विद्युतिय शहरी बस तथा लामो दुरीको विद्युतिय बस खरिदको प्रक्रिया अगाडि बढिसकेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);