बिद्युतीय बस साझा यातायातको कार्यालयमा थन्किएर | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

बिद्युतीय बस साझा यातायातको कार्यालयमा थन्किएर

bijuli-bus

अप्सरा गौतम

काठमाडौं, ११ असार । गत वर्षको कार्तिक महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ उद्घाटन गर्नु भएको बिद्युतीय बस साझा यातायातको कार्यालयमा थन्किएका छन् । नेपालको भौगोलिक अवस्था तथा सडक सञ्जालको अध्ययन बिना नै बिद्युतीय बसको अवधारणा ल्याएकोप्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

बिद्युतीय बसको उद्घाटनको तामझामलाई हेर्दा लाग्थ्यो, अब राजधानीका सडकमा विद्युतीय बसहरु सरर चल्ने छन् । सर्वसाधारण यात्रु प्रदूषणरहित बस चढेर आफ्नो गन्तव्यमा पुग्न पाउने छन् । तर यसो हुन सकेन ।

राष्ट्रिय उत्सव नै जसरी बेलुन उडाएर तामझामका साथ उद्घाटन गरिएका विद्युतीय बस १ वर्ष भयो राजधानीका कुनै सडकमा चलेको देख्न पाइएको छैन । चलेको त के अचेल कुनै पार्किङमा पनि देखिंदैन ।

यसरी करोडांै रुपैयाँ खर्च गरेर ल्याईएको बिद्युतीय बस संचालन नभएको अबस्थामा यसको प्रवर्द्धन कसरी गर्न सकिन्छ भनेर सरोकार निकायहरुले छलफल सुरु गरेका छन् ।

सरकारले बिद्युतीय बस ल्याउने अबधारणा त ल्यायो तर यसलाई कसरी संचालन गर्ने भन्ने विषयमा भने सरकार अनभिज्ञ जस्तै देखिन्छ । बिद्युतीय बस संचालनका लागि विभिन्न ठाउँहरुमा चार्जिङ स्टेसन राख्ने सरकारको भनाई पनि भनाईमा मात्र सिमित रहेको छ ।

अहिले नेपालमा विद्युतिय बस सञ्चालनको पुर्वाधार विकासको काम नै हुन सकेको छैन । बस सञ्चालनका लागि अतिआवश्यक चार्जिङ स्टेशनहरु छैनन् । प्राविधिक टोली छैनन् तर सरकार भने अब विद्युतिय सवारी चड्ने बेला आयो भनेर बताईरहेको छ ।

सफा वातावरणमैत्री सवारी सहितको वातावरण निर्माण गर्ने नेपालको राम्रो अवसर रहेको भन्दै सो अवसरलाई गुम्न नदिन सरकारले ल्याएको नितिलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् ।

वातावरणीय दृष्टिले विद्युतीय बस निकै महत्वपूर्ण मानिन्छन् । अहिले काठमाडौंमा इन्धनबाट गुड्ने अधिकांश सार्वजनिक बसले प्रदुषण मापदण्ड पूरा गरेका छैनन् । विद्युतीय बस धुँवारहित हुने भएकाले तिनको प्रयोगबाट काठमाडौंको प्रदुषण एकतिहाइ कम हुने अध्ययनहरुले देखाएका छन् ।

पेट्रोलियम पदार्थको अभावमा दुःख भोग्दै आएका नेपालीलाई विद्युतीय बस सञ्चालन आएपश्चात राहत पक्कै मिल्ने छ । साथै, पेट्रोलियम पदार्थको आयातमा पनि कमि आउने छ । पेट्रोलियम पदार्थको आयातमा मात्रै नेपालले वार्षिक एक अर्ब भन्दा बढी रकम खर्च गर्दै आएकोछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);