विद्युतीय बसको तीन अर्ब खोई ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विद्युतीय बसको तीन अर्ब खोई ?

bijuli bus 7

काठमाडौं, ५ माघ । सरकारले काठमाडौं उपत्यकामा विद्युतीय बस चलाउने घोषणा गरेको नौ महिना बितिसक्दा पनि त्यसको कुनै तयारी गरेको छैन । सन् २०२० सम्ममा २० प्रतिशत विद्युतीय सवारी गुडाउने लक्ष्य सार्वजनिक गरेको सरकारले अहिलेसम्म न बस किनेको छ न त चार्जिङ स्टेसनहरु नै बनाएको छ । ३०० वटा विद्युतीय बसका तीन अर्ब छुट्याइए पनि अहिलेसम्म बस किन किनिएन र चलाइएन ? आम सर्वसाधारणले सरकारसँग प्रश्न गरिरहेका छन् ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधारणका कारण उपत्यकामा वातावरण प्रदुषण बढी स्वास्थ्यमा समस्या आउन थालेपछि नेपालमा विद्युतीय बसको आवश्कता महसुुस गरिएको हो । त्यति मात्र होइन आयातित पेट्रोलियम पदार्थ महँगो हुँदै गएको र भारतबाट आयात गर्दा बेलाबेलामा समस्या देखिएपछि सरकार विद्युतीय बस सञ्चालन गर्ने निर्णयमा पुगेको हो ।

सरकारले बजेट भाषण मार्फत नै विद्युतीय बस सञ्चालन सम्बन्धी कार्यक्रम अघि बढाए पनि अर्काे बजेट भाषण आउने बेला हुन लाग्दासम्म विद्युतीय बसको कुनै छनक पाइदैन । धूला, धुलो, ध्वनी प्रदुषण बाट मुक्त हुनका लागि सर्वसाधारण भने उपत्यकामा विधुतीय बसको आवश्यकता भएर पनि नआएकोमा चिनिन्त छन् ।

सरकारले तीनसय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ । निर्णयसँग सरकारले बस खरिदका लागि ३ अर्ब रुपैंया साझा यातायातलाई दिएको छ । तर साझाले न बस नै किनेको छ न त बसको लागि आवश्यक चार्जिङ स्टेशन नै बनाएको छ ।

विजुली बस चल्न थालेपछि उपत्यकामा वायुप्रदुषण, ध्वनीप्रदुषण घट्ने र सार्वजनिक सवारीमा यात्रुलाई हुने सास्ती घट्ने अपेक्षा गरिएको छ । त्यसकारण जतिसक्दा चाँडो विद्युतीय बस आउनु पर्ने वातावरणविदको सुझाव छ ।

विद्युतीय बसका संचालन गर्ने भनी सरकारले ५ वटा बस किनेर प्रधानमन्त्रीबाटै उद्घाटन पनि गरिएको थियो । किनेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएपछि सरकारले ती बस फिर्ता गर्न निर्देशन समेत दिएको छ । केही महिना पहिला सरकारले लुम्विनीको लागि २ वटा विजुली बस चीनबाट ल्याएको बसको पनि अति कम गुणस्तरका भएकाले चल्न नसकेर यतिकै थन्किएर बसेका छन ।

सरकारले ल्याएकै बसमा यस्तो कमजोरी देखिएपछि बस खरिदमै भ्रष्टाचार भएको हो कि भन्ने आशंका पनि बढेको छ । तर अहिलेसम्म त्यसमाथि छानबिन गरी कारबाही भएको भने सुनिएको छैन । मुलुकलाई वायु प्रदूषणमुक्त र आत्मनिर्भर बनाउने हो भने नेपालमा विद्युतीय बस संचालन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);