माघ १० देखि २० गते सम्म चौंथो तुलसीपुर महोत्सव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

माघ १० देखि २० गते सम्म चौंथो तुलसीपुर महोत्सव

दाङ, ४ माघ । दाङको तुलसीपुर उद्योग बाणिज्य संघले यहि माघ १० देखि २० गते सम्म चौथो तुलसीपुर महोत्सव २०७६ आयोजना गर्ने भएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागेको बहुउद्देश्यीय सभाहललाई पुर्णता दिन र भम्रण बर्ष २०२० लाई सफल बनाउन महोत्वसको आयोजना गर्न लागेको उद्योग वाणिज्य संघले जनाएको छ ।

वाणिज्य संघले करिब १ हजार जना मानिस अट्न सक्ने सभाहल निर्माण गर्दैछ । करिब ९ महिना अगाडीदेखि शुरु गरेको सभाहललाई पुर्णता दिन महोत्सवको आयोजना गर्न लागेको तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष तथा सभाहल निर्माण समितिका संयोजक बिमल रिजालले जानकारी दिनुभयो ।

महोत्सवमा योग, साईकल ¥याली, मिनी म्याराथुन, विभिन्न क्षेत्रका बारेमा अन्तरक्रिया, सांस्कृतिक कार्यक्रमहरु र दाङ लगाएत अन्य पर्यटकीय स्थलहरुको अवलोकन गर्न चाहानेहरुका लागि हेलिकप्टरको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);