तीन सय वटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्ब उपलब्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

तीन सय वटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्ब उपलब्ध

bijuli-bus

काठमाडौं, २ साउन । सरकारले तीन सय वटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्व रुपैयाँ उपलब्ध गराएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ३ सय वटा विद्युतीय बस खरिद गरी संचालन गर्ने गरी साझा यातायातलाई सो रकम हस्तान्तरण गरिएको औपचारिक जानकारी गराउनु भएको हो ।

आगामी असोज महिना भित्र काठमाडौंसहित देशका विभिन्न भागमा विद्युतीय बस संचालनमा ल्याउने गरी खरिद गर्न साझा यातायातलाई सो रकम उपलब्ध गराइएको पनि मन्त्री महासेठले बताउनु भयो ।

सरकारले चालू आर्थिक वर्ष भित्र यातायात सेवामा सहजता र वातावरण प्रदुषित हुन नदिने उद्देश्यका साथ साझा यातायातमा विद्युतीय बस संचालन गर्ने प्रतिवद्धता जनाएको थियो ।

कार्यक्रममा बोल्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सरकारले दिएको सो रकमबाट पारदर्शी ढंगले विद्युतीय बस खरिद गरी संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले विद्युतीय बसको संचालनबाट नेपालको अर्थतन्त्र र वातावरणमा उल्लेख्य सुधार आउने विश्वास पनि व्यक्त गर्नु भयो ।

सरकारले सवारी साधनबाट वातावरण प्रदुषित हुँदै गएपछि त्यसको विकल्पमा विद्युतीय बस सेवा संचालनमा ल्याउन लागेको हो । मन्त्री महासेठले वातावरणीय सुधारका लागि सरकारले पूराना सवारी साधनहरुको संचालनमा पनि रोक लगाउने तयारी गरिरहेको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);