काठमाडौं, २ साउन । सिभिल बैँकले अन्तराष्ट्रिय गुणस्तर आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । सिभिल बैँकले नियमनकारी निकायद्वारा जारी गरिएको नियम तथा कानूनहरुको पूर्ण पालना गरेकोमा उक्त प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।
सिभिल बैकको सुन्धारास्थित कर्पाेरेट कार्यालयमा आयोजित एक कार्यक्रममा आइएसओ सम्बन्धि नेपालका आधिकारिक प्रतिनिधिले बैकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई उक्त प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । प्रमाण पत्र प्राप्त गरेसंगै बैकले आगामी दिनमा अझ बढी ग्राहकमैत्री सेवा तथा सुविधाहरु ल्याउने प्रतिबद्धता जनाएको छ ।




