बिहीबार शेयरबजार परिसूचक नेप्से २.३७ अंकले ओरालो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

बिहीबार शेयरबजार परिसूचक नेप्से २.३७ अंकले ओरालो

काठमाडौं २ साउन । साताको अन्तिम दिन बिहीबार शेयरबजार परिसूचक नेप्से २.३७ अंकले घटेर १२७२.४९ अंकमा पुगेको छ । १ सय ५८ कम्पनीका १२ लाख ५० हजार ७ सय ८ कित्ताशेयर ४ हजार ३ सय ७१ पटकको कारोबारबाट ४१ करोड १३ लाख ६९ हजार २ सय ९९ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२७ अंकले घटेर २७३ दशमलव ८४ अंकमा पुगेर बन्द भएको छ ।

बिहीबार वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक बाहेक कारोबार भएका सबै सूचक ओरालो लागेको छ । वित्त ३.०३, उत्पादन तथा प्रशोधन ५.३९ र लघुवित्त समूहको परिसूचक ०.१८ अंकले उकालो लागेको हो ।

बिहीबार छिमेक लघुवित्त विकास बैंकको संस्थापकको ५ करोड १७ लाख ६८ हजार ५ सय रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव२४ प्रतिशतले कमाएका छन भने मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६.८१ प्रतिशतले गुमाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);