शेयरबजार परिसूचक नेप्से ९.२० अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

शेयरबजार परिसूचक नेप्से ९.२० अंकले घट्यो

stock_exchange_nepse

काठमाडौं, १ भदौ । भदौ महिनाको पहिलो दिन आईतबार शेयरबजार परिसूचक नेप्से ९ दशमलब २० अंकले घटेर १ हजार २ सय १४ दशमलब ८३ अंकमा पुगेको छ ।

१ सय ६० कम्पनीका ११ लाख १ हजार ७ सय ७६ कित्ताशेयर ७ हजार ७ सय १ पटकको कारोबारबाट ३२ करोड ९५ लाख २७ हजार ९ सय १५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलब ५७ अंकले घटेर २ सय ६३ दशमलब ११ अंकमा पुगेर बन्द भएको छ । आइतबार उत्पादन तथा प्रशोधन समूहबाहेक कारोबार भएका सबै समूह ओरालो लागेका छन । उत्पादन तथा प्रशोधन समूह १ दशमलब ८ अंकले उकालो लागेको हो ।

एनआईसी एशिया बैंकको सबैभन्दा बढी २ करोड ४५ लाख ३४ हजार ४ सय ५६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव ८५ प्रतिशतले कमाएका छन भने गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ४दशमलव ७५ प्रतिशतले गुमाएका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);