'नाडा अटो सो' भदौ १० देखि सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘नाडा अटो सो’ भदौ १० देखि सुरु हुने

nada auto show

काठमाडौं, १ भदौ । यो वर्षको सवारी साधनहरुको मेला अर्थात् ‘नाडा अटो सो’ यही भदौ १० देखि सुरु हुने भएको छ ।  नाडा अटो मोबाईल्स नेपालले आईतबार पत्रकार सम्मेलन गर्दै ‘नाडा अटो सो’को १४ औं संस्करण भदौ १० देखि १६ गते सम्म हुने जानकारी दिएको हो ।

चाडपर्वको पुर्वार्धमा आयोजना गर्न लागिएको प्रदर्शनीले अटो व्यवसायी, गा्रहक वर्ग, गाडी प्रेमीहरु तथा अटोमोबाईलसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न सबैको सहभागीता रहने आयोजकको विश्वास छ ।

यो वर्षको प्रदर्शनीमा ४ पाँग्रेका २३ वटा ब्राण्डका गाडीहरुको प्रदर्शनी हुनेछ । यस्तै अटो सो मा १९ वटा ब्रान्डका २ पांग्रे, १२ वटा ब्रान्डका लुब्रिकेंट लगायतको सहभागिता हुने जनाइएको छ ।

मेलामा विद्युतीय सवारी र विभिन्न सवारीका हाईब्रिड मोडल उत्पादन गर्ने ५ वटा कम्पनीहरुले सहभागिता जनाउने भएका छन् । यो वर्षको प्रदर्शनी राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलसँगैको खुला ठाउँको बँगैचामा पनि हुने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);