भृकुटीमण्डपमा नाडा अटो– शो सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भृकुटीमण्डपमा नाडा अटो– शो सुरु

nada

काठमाडौं, २७ भदौ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट नाडा अटो– शो सुरु भएको छ । सवारी साधनहरुको समग्र जानकारी दिने उद्देश्यले नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले नाडा अटो शो आयोजना गरेको हो ।

अटो शो को उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण लिएर गाडी खरिद नगर्न व्यवसायीहरुलाई आग्रह गरे । उनले ऋण लिएर गाडी खरिद गर्दा मुलुकको अर्थतन्त्र झनै ओरालो लाग्नेतर्फ व्यवसायीहरुलाई सचेत गराए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको अटो मोवाइल्स क्षेत्रको प्र्रवद्र्धनमा आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरिन् ।

उनले मुलुकको व्यापार घाटालाई कम गर्न पनि अटो मोवाईल्स क्षेत्रले योगदान दिनसक्ने बताइन् । शोमा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्रान्डका २ पाङग्रे सवारी साधनहरु राखिएको छ । अटो शोमा यस वर्ष ७१ वटा कम्पनीहरुको सहभागिता रहेको छ ।

६ दिनसम्म चल्ने शोमा १ सय ४ वटा स्टल रहेका छन् । अटो मोवाईल्स क्षेत्रले गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा २० प्रतिशत योगदान दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);