सुर्खेतको सुधार बहुउद्देश्यीय सहकारी मार्फत जीवनस्तरमा सुधार | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

सुर्खेतको सुधार बहुउद्देश्यीय सहकारी मार्फत जीवनस्तरमा सुधार

sudhar sahakari

विवश कुमार सेजुवाल
सुर्खेत, २६ भदौ
। पछिल्लो समयमा सहकारीहरुले जनताको पैशा उठाएर भागेका कयैन उदाहरण छन् । तर, सुर्खेतको विरेन्द्रनगर नगरपालीकामा भने एक सहकारीकै कारण गाउँमा मानिसहरुको जिवनस्तरमै परिवर्तन आएको छ ।

सुर्खेतको विरेन्द्रनगर नगरपालीकामा रहेको वातावरण सुधार बहुउश्यीय सहकारी संस्थाका कारण धेरै मानिसहरुको जिवनमा परिवर्तन आएको छ । त्यसमध्येका एक हुन, दिनेश गौतम । विदेशबाट रोजगारी गरी फर्किएका गौतमलाई शुरुमा कसैले ऋण दिएका थिएनन । तर, सुधार बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ हजार ऋण लिएर शुरु गरेको डेरी उघोगबाट उनको जिवनमै परिवर्तन ल्याएको दिएको छ ।

दिनेश मात्र हैन, सुधार बहुउद्देश्यीय सहकारी संस्थाका कारण त्यसै ठाउँकी कमला नेपाली समेत आत्मानिर्भर भएकी छिन । सहकारीबाट ७५ हजार ऋण लिएर कमलाले शुरु गरेको सिलाई कटाई सेन्टरले अहिले राम्रो आम्दानी दिन थालेको छ ।

दिनेश र कमला एउटा उदाहरण मात्र हो । सहकारी गाउँमा केही गर्छु भन्नेहरुका लागि अभिभावक जस्तै बनेको छ । सहकारीकै कारण विरेन्द्रनगर नगरपालीका टंक प्रसाद पोख्रेल र कमला पोख्रलको परिवारले पनि अहिले माशिक ३० देखि ३५ हजार सम्म कमाउन सफल भएका छन् । शुुरुमा ५८ हजार ऋण लिएर शुरु भैसी व्यावसायबाट उनीहरुले राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

स्वारोजगार हुनका लागि सहकारी पनि एउटा भरपर्दाे विकल्प हो । तर, पछिल्लो समयमा सहकारीका संचालकहरुले जनताको पैशा लिएर फरार भईदिदा खाई नखाई गरेर जम्मा गरेको रकम समेत डुवेको छ । यस्ता विकृती देखिएको हाम्रो नेपालमा सुधार बहुउद्देश्यीय सहकारी संस्था एउटा राम्रो गरेको नमुना बन्न सफल भएको छ ।

ताजा समाचार