नाडा अटो शो भदौ १३ गतेदखि काठमाडौंमा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, ४ भदौ । यस बर्षको नाडा अटो शो भदौ १३ गतेबाट काठमाडौंमा हुने भएको छ ।

 

 

नाडा अटो–मोबाइल्स एसोसिएशन अफ नेपाल र ग्लोबल एक्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा हुने १२ औं अटो शो भदौ १३ गतेबाट ६ दिनसम्म काठमाडौंको भृकुटीमडपस्थित प्रदर्शनीहलमा हुने आयोजकले जनाएको छ ।

 

नाडा अटो शोमा बिभिन्न ब्राण्डका सवारी साधनका साथै सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा एशोसेरिजहरु रहने आयोजकले जनाएको छ । अटो शोमा साना ठुला गरि करिब एक सय ३० वटा स्टल रहने छ ।

 

 

प्रदर्शनीमा १६ वटा ब्राण्डका ४ पांङग्रे, १९ वटा ब्राण्डका २ पांग्रे तथा ६ वटा ब्राण्डका हेवी कर्मर्सियल सवारी साधनहरु पनि रहने जनाइएको छ । प्रदर्शनीमा भएको आम्दानीबाट ५ लाख रुपैयाँ बाढिपहिरो पिडितका लागि प्रदान गरिने जनाइएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);