सेयर बजार परिसूचक दोहोरो अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौँ, ४ भदौ । सेयर बजार परिसूचक आइतबार दोहोरो अंकले घटेको छ । होटलबाहेकका सबै समूह नकारात्मक बनेपछि समग्र बजार परिसूचक ११ अंकले ओरालो लागेको हो ।

होटल समूह भने चार अंकले बढेको छ । बैंक, बिमा, वित्त, जलविद्युत् लगायतका सबै समूह ओरालो लागेपछि नेप्से ११ दशमलव सात आठ अंकले घटेर १६ सय १७ दशमलव ९७ अंकमा झरेको छ । आइतबार परिसूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ । बिहीबार ७५ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको बजारमा आइतबार चार करोड वृद्धि भई ७९ करोडबराबरको कारोबार भएको छ । आइतबार एक सय ५० कम्पनीको ४६ लाख कित्ता सेयर किनबेच भयो । घट्दो बजारमा पनि आइतबार सबैभन्दा धेरै स्वरोजगार लघुवित्त कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाए । त्यस्तै, सिर्जना फाइनान्स, लक्ष्मी बैंक, सप्तकोशी विकास बैंक लगायत कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ । तर, हिमालयन डिस्टिलरी र वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् ।

आइतबार प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै साढे पाँच करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);