सोमबार नेप्से परिसूचक दोहोरो अंकले घट्याे | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८३, शनिबार

सोमबार नेप्से परिसूचक दोहोरो अंकले घट्याे

stock_exchange_nepse-e1528283604277

काठमाडाैं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार ११ दशमलव ७८ अंकले घटेर समग्र नेप्से परिसूचक २ हजार ८ सय २२.८३ विन्दुमा ओर्लेको छ । आइतबार करिब साढे ८ अंकले घटेको नेप्सेमा सोमबार पनि सोही प्रवृति दोहोरिएको हो ।

आइतबार नेप्से ८.४८ अंकले घटेपछि २ हजार ८ सय ३४.५२ विन्दुमा बन्द भएको थियो । नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । सोमबार सेयर बजारमा ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार ५ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार करिब ५३ हजार कारोबारबाट २ सय २४ कम्पनीका १ करोड ६३ हजार ६ सय ३६ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट करिब साढे ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । नेप्से घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि खुम्चिएर ३९ खर्ब २२ अर्ब रुपैयाँमा सीमित भएको छ ।

आइतबार कूल बजार पुँजीकरण ३९ खर्ब ३७ अर्ब रुपैयाँ थियो ।

Leave a Reply

ताजा समाचार