शेयर बजार परिसूचक नेप्से साढे ६ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

शेयर बजार परिसूचक नेप्से साढे ६ अंकले घट्यो

nepse down

काठमाडौं । यसअघि हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको नेप्से मंगलबार साढे ६ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा शुन्य दशमलव २३ प्रतिशतले घटेपछि समग्र नेप्से मंगलबार २ हजार ८ सय १६.५६ विन्दुमा ओर्लेको छ ।

मंगलबार कारोबारमा आएकामध्ये बैकिङ, विकास बैंक, अन्य, लगानी लगायत उपसमूहको परिसूचक एक प्रतिशतभन्दा धेरैले घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

मंगलबार १ लाख १२ हजार १ सय ४८ वटा कारोबारबाट २ सय १९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ११ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार करिब १ लाख ३६ हजार ५ सय कारोबारबाट २ सय १६ कम्पनीका २ करोड ७१ लाख ४० हजार कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा १३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);