किसानलाई ५० प्रतिशत अनुदानमा धानको विउ वितरण | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको विउ वितरण

रबिन्द्र घिमिरे,
बाँके । केहीदिन यता केही मात्रामा पानी पर्न शुरु गरेपछी बाकेको नेपालगञ्जमा कोरोना महामारीले किसानहरु समस्यामा परेपछी नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्र भित्रका किसानहरुलाई सहुलियत दरमा उन्नत जातको धानको विउ वितरण सुरु गरेको छ ।

उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण कार्य सुरु गरेको छ । १५-७५ मेट्रिक टन धानको विउ वितरण गर्न लागिएको छ ।

५० प्रतिशत अनुदान प्राप्त गर्ने भएपछि किसानहरु धानको विउ लिन सुरु गरेका छन । किसानको आवश्यकता अनुसार कम्तिमा ३५ किलोको एक बोरी धानको विउ उपलब्ध गराउने गरिएको छ । कोभिड महामारीमा नेपालगञ्ज उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ उपलब्ध गराएकोमा किसानहरुले खुशी व्यक्त गरेका छन् ।

धानको समय भएको हुनाले धानको विउ उपलब्ध गराउनको लागि २० लाखको धानको विउ ५० प्रतिशत अनुदानमा नेपालगन्ज उप महानगरपालिका क्षेत्र भित्रका किसानहरुलाई वितरण गरिरहेको बताएका छन् । साथै लालपुर्जा र नागरिकता भएको व्यक्तीहरुलाई ३५ किलोको वोरीमा धान उपलब्ध गराईरहेको समेत बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);