कृषकलाई उन्नत जातको घाँसको विउ वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कृषकलाई उन्नत जातको घाँसको विउ वितरण

ghas ko bieu

बाँके, ६ कात्तिक । बाँकेको जानकी गाउँपालिकाले ७ सय पशु कृषकलाई उन्नत जातको घाँसको विउ वितरण गरेको छ ।

गाउँपालिकाको पशु शाखाले ६ वडा कार्यालयबाट बर्सिम, जैर र भेत जाँतका घाँसका विउ निशूल्क वितरण गरेको हो । गाउँपालिकामा कृषकले पालेका घरपालुवा जनावरको दुध र मासुका लागि उत्पादन बढाउन स्थानीयहरुलाई घाँसको विउ वितरण गरेको जानकी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिलबहादुर खड्काले बताए । हरेक बर्ष बर्षातमा डाले घाँसको विउ र हिउँदमा हिउँदे घाँसको विउ गाउँपालिकाले वितरण गर्दै आएको छ ।

जानकी गाउँपालिकाले पशु विकासका लागि बर्षनी ५० लाख बढी लगानी गर्दै आएको छ । यो गाउँपालिका पशुपालनको लागि पकेट क्षेत्र मानिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);