पाल्पालाई मकै खेतीको विउमा आत्मा निर्भर बनाउन पहल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पाल्पालाई मकै खेतीको विउमा आत्मा निर्भर बनाउन पहल

प्रकाश नेपाल
पाल्पा, ३ भदौ । पाल्पाको छहरा गाउँपालिकाले स्थानीय कृषकहरुलाई मकै उत्पादन तथा विउमा आत्मनिर्भर बनाउन पहल चालेको छ । पाल्पाको मुख्य वालीको रुपमा रहेको मकै खेतीको विउमा आत्मनिर्भर बनाउन र उत्पादकत्वमा बृद्धि गर्नका गाउँपालिका लागि परेको हो ।

गाउँपालिकाले त्यहाँका कृषकहरुलाई परम्परागत र स्थानीय जातको मकै खेती गर्दा उत्पादकत्व समेत ह्रास हुँदै गएको वखतमा उन्नत जातको मनकामना ३ जातको मकैको विउ प्रयोग गरि व्यवसायीक खेतीको थालनी गरेका छन् ।

गाउँपालिकाले साविकको छहराको क्यूरेनी कृषक समृद्धका २७ घर परिवारका सदस्यहरुले परम्परागत विउको विकल्पमा उन्नत जातको मकैको विउको प्रयोग गरी व्यवसायीक खेतीको थालनी गराएको हो ।

परम्परागत तथा स्थानिय जातको विउ प्रयोग गर्दा बोट अग्लो भइ सामान्य हावाले ढालीदिने दाना कम लागी उत्पादन कम हुने र उन्नत जातको विउ प्रयोग गर्दा साना बोट दाना धेरै लाग्ने हुदा कृषकहरुको उन्नत जातको विउ प्रति आकर्षण बढेको छ ।

उत्पादन र उत्पादकतत्वमा वृद्धि गर्नका लागि गाउँपालिकाले उत्पादित विउको बजारीकरण र भण्डारका लागि कृषकहरुलाई स्थानीय सरकारले सहयोग गरेको खण्डमा कृषकहरुलाई थप हौसला र उर्जा प्राप्त हुने क्यू्रेनी कृषक समुहका अध्यक्ष प्रकाश रायमाझी बताउनु हुन्छ।

उन्नत जातको विउलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ उन्मुख बनाउन पहिलो पटक १ सय २० रोपनी क्षेत्रफलमा २७ जना कृषकहरुका लागि राष्ट्रिय मकै वाली अनुसन्धान कार्यक्रमबाट मूल विउलाई गाउँपालिकाले वितरण गरेको हो ।

गाउँपालिकाले कृषकहरुलाई आर्थिक तथा प्राविधिक सहयोगका अलावा, मकै छोडाउने मेसिन, प्याकेजीङ्गको लागि आवश्यक सामग्री विउ सुकाउने त्रिपाल जस्ता सामग्रीको समेत स्थानीय सरकारले सहयोग पुर्‍याएको छ ।

उन्नत जातको मूल विउको सहयोग गर्दा प्रति हेक्टर ५ मेट्रिक टनसम्म उत्पादन लिन सकिने र यसबाट यस वर्ष २५ मेट्रिक टन विउको उत्पादन लिने लक्ष्य रहेको कृषि प्राविधिक दधि गौतम बताउनु हुन्छ । उन्नत जातको विउको प्रयोग बढ्न लागेपछि विउका लागि मात्र लाखाैं रुपैयाँ वाहिरिन बाट जोगिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);