नेपाल वायुसेवा निगमले पायो जापान उडानको अनुमती | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

नेपाल वायुसेवा निगमले पायो जापान उडानको अनुमती

nepal-air

काठमाडौं, ३ भदौ । नेपाल वायुसेवा निगमले यही भदौ १२ गतेदेखि जापानमा पनि हवाई उडान गर्ने भएको छ । मंगलबार निगमले पत्रकार सम्मेलन गरी जापानका लागि हवाई उडानको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा निगमका कार्यकारी अधयक्ष मदन खरेलले भदौ १२ अते देखि जापानाको ओशाकामा निगमले ३ सय ३०देखि २ सय सम्म यात्रु क्षमता भएको ठूलो जहाजबाट उडान भर्न लागेको बताउनुभयो । निगमले सातामा तीन पटक उडान भर्ने गरी नयाँ रुट तय गरेको हो ।

सेप्टेम्बर महिनाभर निगमको जापान उडान घाटामा हुने र त्यसपछि मात्र क्रमश यात्रु संख्या बढ्दै जाने अध्यक्ष खरेलको दाबी छ ।

निगमले करिब १३ वर्षपछि नेपाल– जापान हवाई उडान भर्न लागेको हो । सन् १९९४ अक्टोबर बाट काठमाडौं –ओसाका उडान भरे पनि निरन्तरता दिन सकेको थिएन । सन् २००७ अप्रिलमा उडान रोकिएको थियो ।

पहिलो उडानका लागि मंगलबारसम्म करिब ९० सिट भरिएको निगमले जानकारी दिएको छ । मुख्य सिजनमा जापानमा अधिकतम ८५ प्रतिशत सम्म सिट भरिने अपेक्षा निगमको रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);