शेयरबजार परिसूचक नेप्से ८.४३ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

शेयरबजार परिसूचक नेप्से ८.४३ अंकले घट्यो

stock_exchange_nepse

काठमाडौं, ३ भदौ । मंगलबार शेयरबजार परिसूचक नेप्से ८ दशमलब ४३ प्रतिशतले घटेर १ हजार २ सय १३ दशमलब ६३ अंकमा पुगेको छ । १ सय ६५ कम्पनीका ११ लाख ७३ हजार ५ सय १० कित्ताशेयर ६ हजार २ सय ८१ पटकको कारोबारबाट २७ करोड २५ लाख ९ हजार २० रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलब ७६ अंकले घटेर २ सय ६३ दशमलब १९ अंकमा पुगेर बन्द भएको छ । मंगलबार व्यापार र म्युचुअल फण्ड समूहबाहेक सबै समूह ओरालो लागेको छ । सोल्टी होटलको ४ करोड ३५ लाख बढीको शेयर कारोबार भएको छ ।

मंगलबार विशाल बजार कम्पनीको लगानीकर्ताले सबैभन्दा बढी ५ दशमलब ६२ प्रतिशतले कमाएका छन भने पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९ दशमलब ५६ प्रतिशतले गुमाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);