बिहीबार शेयरबजार परिसूचक नेप्से सामान्य अंकले ओरालो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बिहीबार शेयरबजार परिसूचक नेप्से सामान्य अंकले ओरालो

काठमाडौं, ५ भदौ । साताको अन्तिम दिन बिहिबार शेयरबजार परिसूचक नेप्से शून्य दशमलब ९९ अंकले घटेर एक हजार दुई सय १३ दशमलब शून्य ६ अंकमा पुगेको छ ।

१ सय ७२ कम्पनीका १० लाख ७७ हजार ७ सय २० कित्ताशेयर ६ हजार २ सय ७८ पटकको कारोबारबाट २६ करोड १६ लाख ७० हजार २ सय तीन रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब दुई ९ अंकले बढेर २ सय ६३ दशमलब ७ शून्य अंकमा पुगेर बन्द भएको छ । बिहिबार कारोबार भएका १२ समूहमध्ये ४ वटा समूह उकालो लागेका छन् ।

एनआईसी एशिया बैंकको १ करोड ९१ लाख ४० हजार ८ सय ११ रुपैयाँको शेयर कारोबार भएको छ । बिहिबार सबैको लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले सबैभन्दा बढी ५ दशमलब नौ ६ प्रतिशतले कमाएका छन् भने सृजना फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ४ दशमलब सात चार प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);