डडेल्धुरामा स्थानीय स्तरमै उत्पादित तरकारीको माग बढ्दो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डडेल्धुरामा स्थानीय स्तरमै उत्पादित तरकारीको माग बढ्दो

dadelhdura tarkari

विमल जैरु
डडेल्धुरा, ५ भदौ । विदेशबाट आउने फलपूmल तथा तरकारीमा विषादी परिक्षणको प्रकरणदेखि डडेल्धुरामा स्थानीय स्तरमा उत्पादित तरकारीको माग बढेको छ । स्थानीय स्तरमा उत्पादित तरकारीको माग बढे यता एकातर्फ आयातित तरकारीमा कमी आएको छ भने अर्कोतर्फ डडेल्धुराका तरकारी किसानले गत वर्ष भन्दा तरकारीको राम्रो मूल्य पाएका छन् ।

केही समय यतादेखि डडेल्धुरामा स्थानीय स्तरमा उत्पादित तरकारीको माग बढेको छ । विदेशवाट आयातित तरकारीमा नेपाल सरकारले विषादीको परिक्षण गर्नुका साथै विषादीको चर्चा चलेपछि डडेल्धुरामा स्थानीय स्तरमा उत्पादित तरकारीको माग बढेको हो । विषादी प्रकरणले विदेशवाट आयात हुने तरकारीको माग घटेपछि डडेल्धुरामा भारतीयसहित अन्य मुलुकवाट आयात हुने तरकारीको आयातमा समेत कमी आएको छ ।

अहिले डडेल्धुराका बजारमा ८० प्रतिशत तरकारी स्थानीय स्तरमा उत्पादन भएको पाईन्छ । केही मात्रामा तरकारी बाहिरबाट आयात भएको भएपनि यहाँका उपभोक्ताको भने पहिलो रोजाई स्थानीय स्तरमै उत्पादित तरकारी रहने गरेको छ ।

स्थानीय स्तरमा उत्पादित तरकारीको माग बढेसंगै डडेल्धुराका किसानले गत वर्ष भन्दा यो वर्ष तरकारीको मुल्य पनि राम्रो पाएका छन् । वन्दा, काउली, गोलभेडा, सिमि, मुला लगायतको तरकारीमा गत वर्ष भन्दा यो वर्ष प्रति किलोमा १० देखि २० रुपैयाँ बढी मुल्य पाएको डडेल्धुराका तरकारी किसान बताउँछन् ।

डडेल्धुराको स्थानीय स्तरमै उत्पादित तरकारीको माग बढेपछि व्यापारीहरु किसानको खेतबारीमै तरकारी किन्नका लागि पुग्न थालेका छन् । विदेशवाट आयात हुने तरकारीलाई पुर्ण रुपमा विस्थापित गर्नका लागि तीनवटै सरकारले स्थानीय स्तरमा उत्पादनका लागि किसानहरुलाई प्रोत्साहन गर्नु जरुरी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);