तरकारीको वास्तविक मूल्य नपाएको कृषककाे गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

तरकारीको वास्तविक मूल्य नपाएको कृषककाे गुनासो

टीका खतिवडा

इलाम, १८ पुस । इलामका कृषकले तरकारीको उचित मूल्य नपाएको गुनासो गरेका छन् । कृषकले बारीभरि तरकारी लगाएपनि बास्तविक मूल्य नपाउदा चिन्तित भएका छन् ।

इलाममा इस्कुस, साग, काँक्रा, आलु, कोपी, खुर्सानी, टमटर, मटरकोसा, मुला, फर्सी लगयतका तरकारी उत्पादन हुने गरेको छ । तर कृषकले उत्पादन गरेको तरकारीको उचित मूल्य भने पाउन सकेका छैनन् । इलाममा उतपादित तरकारी स्थानीय बजारसँगै तराईको बजारमासम्म पुग्ने गरेपनि सस्तोमा बेच्नुपरेको कृषकको गुनासो छ ।

अहिले इलामका इस्कुस प्रसस्त पाइन्छ । बजारमा ३० रुपैयाँ प्रतिकिलो पर्ने इस्कुसको मुल्य कृषकले तीनदेखि पाँच रुपैयाँसम्म पाउने गरेका छन् । बजारमा रायोको सागको मुल्य एक मुठाको २५ रुपैयाँदेखि ४० रुपैयाँ पर्छ तर कृषकले १० रुपैयाँ पनि पाउँदैनन् । तरकारीको उचित मूल्य निर्धारण गर्न स्थानीयको माग छ ।

इलामबाट ४० हजार सात सय २४ मेट्रिक टन तरकारी निर्यात हुने जिल्ला कृषि विकास कार्यालय इलामको तथ्याङ्क छ । जसमध्ये तरकारीबाट एक अर्ब ४२ करोड ५३ लाख भन्दा बढीको कारोबार हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);