काठमाडौं, १० पुस । साताको अन्तिम दिन बिहिबार शेयरबजार परिसूचक नेप्से शून्य दशमलब ६ दुई अंकले घटेर १ हजार १ सय ६७ दशमलब ४ एक अंकमा पुगेको छ ।
१ सय ७२ कम्पनीका १६ लाख ४१ हजार २ सय ११ कित्ताशेयर ६ हजार पटकको कारोबारबाट ५८ करोड ८६ लाख ७७ हजार ८ सय ८७ रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब तीन ६ अंकले घटेर २ सय ५४ दशमलब तीन ६ अंकमा पुगेर बन्द भएको छ । बिहिबार कारोबार भएका १२ समूहमध्ये ८ वटा समूहको परिसूचक ओरालो लागेको छ ।
बैंकिङ, व्यापार, विकास बैंक र जीवन बीमा समूहको सूचक उकालो लागेको छ । नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी १३ करोड २२ लाख बढीको कारोबार भएको छ ।
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी आठ दशमलब आठ शून्य प्रतिशतले कमाएका छन भने पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ७ दशमलब ६ दुई प्रतिशतले गुमाएका छन ।




