शेयरबजार परिसूचक नेप्से १.३३ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

शेयरबजार परिसूचक नेप्से १.३३ अंकले घट्यो

stock_exchange_nepse

काठमाडौं, १२ भदौ । शेयर कारोबार साताको अन्तिम दिन बिहिबार शेयरबजार परिसूचक नेप्से १ दशमलब ३३ अंकले घटेर १ हजार १ सय ९६ दशमलब ४१ अंकमा पुगेको छ ।

१ सय ७० कम्पनीका ९ लाख ७५ हजार ८ सय ३४ कित्ताशेयर ५ हजार ६ सय ७७ पटकको कारोबारबाट २७ करोड ७३ लाख ५९ हजार ६ सय ५९ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब एक ६ अंकले घटेर २ सय ६१ दशमलब दुई चार अंकमा पुगेर बन्द भएको छ । बिहिबार बैंकिङ र विकास बैंक समूहबाहेक कारोबार भएका सबै समूहको सूचक ओरालो लागेका छन् ।

बैंकिङ समूह शून्य दशमलब आठ ६ र विकास बैंक समूहमा २ दशमलब ९ अंकको वृद्धि भएको छ । कुमारी बैंकको १ करोड ६२ लाख ४४ हजार ६ सय तीन रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बिहिबार सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९ दशमलब नौ आठ प्रतिशतले कमाएका छन भने युनाईटेड फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ६ दशमलब चार एक प्रतिशतले गुमाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);