नेपालमा खुलेका बैंकहरुमा विदेशी पुँजी आयो भनेर डराउनु पर्दैन : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेपालमा खुलेका बैंकहरुमा विदेशी पुँजी आयो भनेर डराउनु पर्दैन : अर्थमन्त्री

काठमाडौं, १२ भदौ । अर्थ मन्त्री डा युवराज खतिवडाले नेपालमा खुलेका बैंकहरुमा विदेशी पुँजी आयो भनेर डराउनु नपर्ने बताउनु भएको छ ।

बिहिबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नको उत्तर दिदै नेपालमा बैंक मार्फत भित्रिएको पुँजीले अर्थब्यबस्थामा सकारात्क प्रभाव पारेको भन्दै डराउनु नपर्ने बताउनु भएको हो ।

नेपालको संविधानले तीन खम्बे सार्वजनिक, निजी र सहकारीलाई समावेश गरेको, निजी क्षेत्रलाई समेत निश्चित भूमिका दिएकोले निषेध गर्न नसकिने बताउनु भयो ।

विदेशी स्वामित्वका बैंक तथा वित्तीय संस्थाबाट प्रविधि हस्तान्तरण भएको, दक्ष जनशक्ति उत्पादनमा समेत त्यसले भूमिका निर्वाह गरेको भन्दै उहाँले विदेशी स्वामित्वका संस्थाहरु खराब मात्रै हुन्छन् भन्ने मान्यता राख्न नहुने बताउनुभयो ।

विदेशी लगानीको भए पनि त्यस्ता बैंक तथा वित्तीय संस्थाले नेपाली कानून, विधि र प्राथमिकताअनुसार सञ्चालन हुने गरेको भन्दै द्विविधा राख्न नहुने अर्थमन्त्रीले उल्लेख गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);