नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक छैनः डेपुटी गभर्नर ढुङ्गाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक छैनः डेपुटी गभर्नर ढुङ्गाना

काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक नभएको बताउनुभएको छ । शुक्रवार नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै डेपुटी गभर्नर ढुंगानाले यस्तो बताउनुभएको हो । उहाँले विदेशी लगानी आकर्षित गर्ने सम्बन्धित सरकारी निकायहरुले समन्वयकारी भुमिकामार्फत झन्झट हटाउन आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले वैदेशीक लगानीका झन्झटीला प्रक्रिया हटाउने विषयमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले विदेशी लगानी आकर्षणको लागि नीतिगत सुधारमा सबैले पहल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा ७ अर्ब रुपैयाँ मात्रै विदेशी लगानी भित्रिएको तथ्यांक रहेको भन्दै यो सन्तोषजनक नभएको बताउनु भयो । उहाँले आर्थिक वर्ष २०७८÷७९मा १८ अर्ब ५६ करोड र २०७९÷८०मा ७ अर्ब ७० करोड विदेशी लगानी आएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको दुई महिनामा २ अर्ब ९९ करोडको विदेशी लगानी आएको बताउनु भयो । उहाँले विदेशी लगानीको लागि हेजिङ सुविधा नेपालमा लागू हुनसके विदेशी लगानी र ऋण प्रोत्साहित हुने बताउनु भयो । उहाँले क्रेडिट रेटिङ गर्ने कुरामा विदेशीहरुले पनि कुरा उठाउने गरेको भन्दै क्रेडिट रेटिङ नहुँदा विदेशी लगानी आउन सकेको बताउनु भयो । उहाँले क्रेडिट रेटिङ गर्ने कामको शुरुवात गर्न सम्बन्धित निकायहरुको समन्वयकारी भुमिका आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल राष्ट्र बैंक संधै यो विषयमा सकारात्मक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विदेशी लगानीको लागि हेजिङ सुविधा नेपालमा लागू भएको छैन । तर यो सुविधा लागू हुनसक्यो भने विदेशी लगानी र ऋण प्रोत्साहित हुन्छन् भन्ने कुरामा दुई मत छैन । क्रेडिट रेटिङ गर्ने कुरामा विदेशीहरुले पनि कुरा उठाउने गरेका छन् । क्रेडिट रेटिङ नहुँदा विदेशी लगानी आउन सकेको भन्ने कुरा छन् । क्रेडिट रेटिङ गर्ने कामको शुरुवात गरौं भन्ने कुराहरु आइरहेका छन् । त्यसको लागि सम्बन्धित निकायहरुको समन्वयकारी भुमिका आवश्यक पर्छ । नेपाल राष्ट्र बैंक सधैँ यो विषयमा सकारात्मक छ । वाणिज्य बैंकहरुमा एफडि राखेर ब्याज आर्जन गर्ने त्यसैमा लगानीको मुख्य स्रोत विदेशी लगानी नै हो भन्ने तरिकाले चलिरहेको छ । त्यसमा सुधार हुन आवश्यक छ । पूर्वाधार,उत्पादनशिल क्षेत्रमा लगानी गर्न सके आर्थिक विकासमा ठूलो सहयोग हुन्छ । यसमा सबैको समन्वयकारी भुमिकाको आवश्यकता छ । नेपालमा विदेशी लगानीका हडलहरुमा सुधार हुन आवश्यक छ । सबैले मिलेर सुधार गर्नुपर्छ । आर्थिक वर्ष २०७८÷७९मा १८ अर्ब ५६ करोड विदेशी लगानी आएको थियो । भने २०७९÷८०मा ७ अर्ब ७० करोड विदेशी लगानी आएको थियो । पछिल्लो समय विदेशी लगानी ठूलो मात्रामा घटेको अवस्था छ । चालु आर्थिक वर्षको दुई महिनामा २ अर्ब ९९ करोडको विदेशी लगानी आएको छ । अहिलेको विदेशीलाई सन्तोष मान्ने अवस्था छैन । धेरै कुराहरुमा सुधार गर्नुपर्ने आवश्यकता छ ।’

उहाँले वाणिज्य बैंकहरुमा एफडि राखेर ब्याज आर्जन गर्ने त्यसैमा लगानीको मुख्य स्रोत विदेशी लगानी नै हो भन्ने तरिकाले चलिरहेको भन्दै त्यसमा सुधार हुन आवश्यक रहेको बताउनु भयो । उहाँले त्यसलाई पूर्वाधार,उत्पादनशिल क्षेत्रमा लगानी गर्नसके आर्थिक विकासमा ठूलो सहयोग पुग्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);