नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ,सानोतिनो धक्काले जोखिम आउँदैनः गभर्नर अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ,सानोतिनो धक्काले जोखिम आउँदैनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताउनुभएको छ ।

मंगलवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले नेपालका बैंक वित्तिय संस्थाहरूको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गर्नुभयो । उहाँले तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जाखिम नआउने बताउनु भयो । उहाँले सबै खालले वित्तिय संस्थाहरुको तथ्यांकहरू बलिया हरेको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताउनु भयो । उहाँले पछिल्लो समय बैंकहरुमा तरलता सहज हुँदै आएको बताउनु भयो ।

उहाँले विद्युतिय भुक्तानी पूर्वाधारमा भएको विकास भूक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि,प्रात्साहन र सर्वसाधरणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको बताउनु भयो । उहाँले बैंक तथा वित्तिय संस्थाहरु सुरक्षित बन्नुमा राष्ट्र बैंकको मजबुत नीति भएको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रको शिथिलता आगामी दिनमा सुधार हुने बताउनु भयो । उहाँले बैकर र व्यवसायीले आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो ।

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गर्नुभयो । उहाँले फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको बताउनु भयो । उहाँले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो क्रममा रहेको बताउनु भयो । उहाँले पुँजी पर्याप्तता नियामकीय व्यवस्था भन्दा माथि रहेको र निस्क्रिय कर्जा केही बढेपनि धेरै माथि नपुगेको बताउनु भयो ।

राष्ट्र बैंकको तथ्याङक अनुसार पछिल्लो चार महिनामा निरन्तर रुपमा १ अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिरहेको अवस्था देखिएको छ । चालु आर्थिक वर्षको औषत रेमिट्यान्स ९९ अर्बप्रति महिना भित्रिएको छ । यता सरकारको चालु खाता घाटामा सुधार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा छ । अघिल्लो वर्षको ८ महिनामा ४ सय ६० अर्बले ऋणात्मक रहेको चालु खाता घाटामा उल्लेख्य सुधार भएको हो । त्यस्तै विदेशी विनिमय सञ्चिति पनि सुविधाजनक अवस्थामा देखिएको छ । गत असार मसान्तमा १२ सय १५ अर्बको सञ्चिति रहेकोमा अहिले १४०१ अर्ब सञ्चिति रहेको छ । फागुन मसान्तसम्म शोधनान्तर स्थिति (नेपालबाट बाहिरिने र भित्रीले विदेशी मुद्राको अन्तर) १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा गएको छ । माघ मसान्तसम्म १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले वचतमा रहेको शोधनान्तर स्थिति १५ अर्बले सुधार भएको हो ।

गत वर्ष फागुन मसान्तसम्म शोधानान्तर स्थिति २ खर्ब रुपैयाँले घाटामा थियो । असोज यता शोधनान्तर स्थिति निरन्तर वचतमा छ । चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढ्नुको साथै आयात २० प्रतिशतले घटेपछि शोधनान्तर स्थिति वचतमा गएको हो । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा बढेको छ । माघमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु आर्थिक वर्षको फागुनमा मुद्रास्फीति ७.४४ प्रतिशत कायम भएको हो । माघ मसान्तसम्म महँगी ७.८८ प्रतिशत थियो । गत वर्षको तुलनामा भने महँगी बढेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);