नेपालमा वैदेशिक लगानी : प्रतिबद्धतामात्रै आयो रकम आएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा वैदेशिक लगानी : प्रतिबद्धतामात्रै आयो रकम आएन

काठमाडाैं । नेपालमा कुल ३ सय २५ अर्ब बराबरको प्रत्यक्ष बैदेशिक लगानी एफडिआई प्रतिबद्धदता आएको भएपनि हालसम्म जम्मा १ सय १० अर्बको मात्रै लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म १ सय १० अर्बको मात्रै वैदेशीक लगानी भित्रिएको छ ।

यो रकम कुल प्रतिबद्धताको ३४ दशमलव १ प्रतिशत मात्रै हो । सन् १९ सय ९५ देखि २०२० सम्मको अवधिमा मुलुक भित्रका उत्पादनमूलक, सेवा, बैंक तथा वित्तीय र ऊर्जा क्षेत्रमा गरि कुल १ खर्ब १० अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्र एफडिआई भित्रिएको बैंकले जनाएको छ ।

तर यहि अवधिमा नेपालमा लगानी भित्र्याउनै कालागि ३ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो । पछिल्लो समय सरकारले लगानी बोर्ड गठन गरि त्यसैका माध्यमबाट वैदेशिक लगानी भित्र्याउने नीति लिएको छ ।

त्यही अनुरुप बोर्डमा यतिबेला २ खर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता थन्किएर बसेका छन् । केन्द्रीय बैंकले जनाए अनुसार, सन् २०१९÷२० मा प्रतिबद्धताको ५१ प्रतिशत वैदेशिक लगानी प्राप्त भएको छ ।

अर्थात मुलुकलाई यो अवधीमा ३८ अर्ब १५ करोड रुपैयाँको प्रतिबद्धता प्राप्त भएको भएपनि १९ अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी मात्रै भित्रिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);