सुनको मुल्य बृद्धिसँगै नक्कली गहना पसलमा सर्वसाधारणको भिड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुनको मुल्य बृद्धिसँगै नक्कली गहना पसलमा सर्वसाधारणको भिड

अप्सरा गौतम
काठमाडौं, १२ भदौ । सुनको मूल्य बढेर इतिहासकै मंहगो भएको छ । एक वर्ष अघि तोलामा ५६ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य अहिले ७३ हजार ४ सय रुपैयाँ पुगेको छ ।

यसअघि गत साउन ३१ गतेसम्म प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो । जुन यसअघिको सबैभन्दा उच्च मूल्य हो । त्यसपछि घटेर ७१ र भदौ ४ मा पुन ३ सय बढेर ७१ हजार ३ सयमा सिमित भएको सुनको मुल्य फेरी बढेको हो ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि भएको हो । चाडपर्व नजिकिएसंगै सुनको मूल्य बृद्धि भएपछि सुन खरीद गर्नेहरु घटेका छन् । मूल्य बढेपछि बजारमा सुनको बिक्री ठप्प जस्तै भएको छ ।

सुनको मूल्यमा दैनिक नयाँ रेर्कड बनेपछि व्यवसाय नै संकटमा परेको सुन व्यवसायीहरूको भनाई छ । व्यवसायीका अनुसार मुल्य बढेपछि सुन खरिद गर्ने ग्राहक सुन पसलमा आउन छाडेका छन् ।

सुन खरिद गर्न पसलमा पुगेका ग्राहकहरु मुल्य सुनेर फर्कने गरेका छन् । तीज लगायतका चाँडपर्व नजिकिदै गर्दा सुन महँगिएपछि नक्कली गहना प्रति सर्वसाधारणको आकर्षण बढेको छ ।

नक्कली गहना अघिल्लो सिजनको दाजोमा दोब्बरले विक्रि बढेको छ । काठमाडौका ठूला पसलमा दिनमा ५० देखी ७० हजार सम्मको विक्रि हुने ब्यापारी बताउँछन ।

तीज पर्वमा महिलाहरुले गरगहना बढी लगाउने हुँदा सुन महङगीएपछि नक्ककली गहनाप्रति महिलाहरु बढी आकर्षित भएका हुन् । तिजमा गहना लगाउनै पर्ने होडबाजीले गर्दा यतिबेला नक्कली गहना पसलमा सर्वसाधारणको भिड देखिन थालेको देखिन्छ ।

अघिल्लो वर्ष चाडपर्वको सिजनमा ५० केजी सम्म कारोवबार भएको सुन यस सिजनमा भने ३ देखी ४ केजी सम्म मात्र कारोबार भएको व्यवसायिको भनाइ छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);