नेपाली बजारमा सुनको मूल्य १ लाख नजिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेपाली बजारमा सुनको मूल्य १ लाख नजिक

gold shop

काठमाडौं, १८ साउन । नेपाली बजारमा सुनको भाउ तोलामै एक लाखको हाराहारी पुगेको छ । आइतबार छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

गत शुक्रबार प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको सुन आइतबार ३ सयले बढेर एतिहासिक रेकर्ड कायम गरेको हो । त्यसैगरी आइतबार तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयामा कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदीमा ३० स्पैयाँ बढेर प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ७५ अमेरिकी डलरमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर त्यसको असर नेपालमा देखिएको महासंघले जनाएको छ । नेपाली बजारमा बढ्दो मूल्यका कारण सुन किन्ने भन्दा बिक्री गर्ने ग्राहक बढेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);