चालुपुँजी कर्जा मार्ग निर्देशनको कारण थप लगानी हुन सकेनः निजी क्षेत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

चालुपुँजी कर्जा मार्ग निर्देशनको कारण थप लगानी हुन सकेनः निजी क्षेत्र

काठमाडौं, २५ असोज ||
चालुपुँजी कर्जा मार्ग निर्देशनको कारण बैंकमा भएको लगानी योग्य रकम लगानी हुन नसकेको निजी क्षेत्रले बताएको छ । बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य कार्यक्रममा बोल्दै निजी क्षेत्रका छाता संगठनहरुले यस्तो बताएका हुन् । उनीहरुले नेपाल राष्ट्र बैंकले लागू गरेको चालुपुँजी कर्जाको कारण उद्योगी व्यवसायीहरुले ऋण लिन नचाहेको बताए । निजी क्षेत्रका छाता संगठनहरुले बजारमा पुँजी लगानी नभएसम्म मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै राष्ट्र बैंकले बैंकमा रहेको लगानीयोग्य रकम लगानी पर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ५ खर्ब जति बैंकहरुमा अधिक तरलता रहेपनि कर्जा लिने व्यवसायीहरु नभएको बताउनु भयो । हउाँले बैंकको अधिक तरलतालाई लगानीमैत्री वातावरण बनाउन राष्ट्र बैंकले प्रोत्साहन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बैंकहरुमा भएको रकम लगानी हुन नसक्दा अर्थतन्त्रमा संकुचन आउन थालेको बताउनु भयो । उहाँले सरकारले घरजग्गा कित्ताकाट खोले पनि निर्देशिका र नियम बनेको छैन भन्ने नापी र मालपोत कार्यालयहरुले काम नगरेको गुनासो गर्नुभयो । उहाँले प्रधानमन्त्रीले निर्देशन नै दिएर एक्सनमा योजना बनाएर काम गर्न लगाउन माग गर्नुभयो । उहाँले घरजग्गा कारबोर खच्किँदा अर्थतन्त्र पनि मन्दीमा गएको भन्दै घरजग्गा कारोबारमा रहेका समस्या तत्काल समाधान गर्न आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै,नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रबहादुर पाण्डेले चालुपँुजी कर्जा मार्ग निर्देशनको कारण बैंकको लगानी योग्य रकम लगानी हुन नसकेको बताउनु भयो । उहाँले चालुपँुजी कर्जा माग निर्देशनले व्यवसायीहरुले कर्जा लिने र लगानी कटौती गरेको बताउनु भयो । उहाँले बैंकहरुमा लगानी योग्य पुँजी भएपनि व्यवसायीहरुले ऋण लिन सकेको बताउनु भयो । उहाँले बैंकहरुमा लगानी योग्य पुँजी लगानी हुन नसक्नु अर्थतन्त्रको समस्या भएको बताउनु भयो । उहाँले लगानी नगर्ने र खर्च नगर्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने बताउनु भयो । उहाँले बजारमा पैसा नगएपछि अर्थतन्त्र चलायमान हुन नसकेको बताउनु भयो । उहाँले अहिलेकै अवस्थाले निरन्तता पाउने हो भने देशमा आर्थिक गतिहिनत गहिरिने सम्भावना रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा कन्जक्सन डाउन ब्रेकको स्थिति सिर्जना भएको भन्दै व्यक्ति तथा घर परिवारले अत्यावश्यक बाहेकमा खर्च र उपभोग स्तरमा कटौती गरेको बताउनु भयो। उहाँले अर्थतन्त्रमा सरकारले तत्काल प्रभावकारी कदम नचाल्ने हो भने छिटो अवधिमा नै डिप्रेशनमा जाने सम्भावना रहेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र डिप्रेशनमा जानबाट रोक्न मौद्रिक र वित्तीय संरचनागत नीतिहरु कार्यान्वयन र सुधार गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले विदेशी ऋण दाताको आर्थिक नीति निर्देशन अर्थतन्त्रको लागि उपयुक्त नहुने भन्दै विदेशी ऋण दाताको आर्थिक नीति निर्देशन सरकारले मान्दा अर्थतन्त्रमा समस्या आएको निजी क्षेत्रले ठहर गरेको बताउनु भयो । उहाँले सरकारले नेपालको अर्थतन्त्र सुहाउँदो नीति बनाउनु उपयुक्त हुने बताउनु भयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);