महेन्द्रनगरमा व्यापारीको गोदामबाट लाखौको अबैध भन्सार छलिका मालसमान बरामद् | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

महेन्द्रनगरमा व्यापारीको गोदामबाट लाखौको अबैध भन्सार छलिका मालसमान बरामद्

पुष्कर भट्ट ||
कञ्चनपुर,असोज २५ ||
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भन्सार चोरीछली तस्करी एवं समाजिक विकृती बेथिति बिरुद्धमा निर्मम एक्सनमा उत्रिए संगै धमाधम गोदाममै छापा मारेर लाखौका अबैध समान बरामद गर्न थालेको छ । बुधबार बेलुका प्रहरीले महेन्द्रनगर बजारको गल्ली नम्बर २ मा अवस्थित गुप्ता किराना पसल र उसैको गोदाममा छापा मारेर लाखौ मुल्यका भन्सार छलीगरी ल्याएका अबैध समान बरामद गरेको हो । तस्करी र भन्सार छलीको विरुद्ध कडा रुपमा प्रस्तुत भएको कञ्चनपुर प्रहरीले केहि दिन अघि मात्रै यस्तै प्रकृतिका गोदाममा छापा हानेर भन्सार छलीका लाखौका समान बरामद गरेको घटना सेलाउन नपाउदै फेरी बर्ष ४५ को भिनपा–१८ बस्ने विस्नु गुप्ताले सञ्चालन गरेको गुप्ता किरानाको पसल र उसैको गोदाम भिमदत्त नगरपालिका–१८ कटानमा अवस्थित तेज बहादुर चन्दको घरमा लिजमा लिएर बनाई राखेको गोदाम घरबाट लाखौ मुल्य बराबरको भन्सार छलीका अबैध खाद्यान्नका विभिन्न मालसमान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । विषेश सुचनाको आधारमा प्रहरीले छापा मार्दा भन्सार छलीका मालसमान पसलमा फेला परेपछि गोदाम सम्म पुग्दा भन्सार छलिका धेरै समान रहेको खुलेको प्रहरीले जनाएको छ ।

घटना स्थल गुप्ता किरानाको गोदाममै पुगेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रमुख प्रहरी उपरिक्षक कमल थापाले गैर कानुनी गतिविधि गरी देशको राजस्व चुहावट गर्ने जोकोहीलाई छुट नभएको भन्दै कञ्चनपुर प्रहरीले त्यस्ता गतिविधिलाई निरुत्साहित गर्न कडा कदम चालेको प्रहरी उपरिक्षक थापाले बताउनु भयो ।

व्यवसायी बिष्णु गुप्ताले आफनो गोदाममा रहेका मालसमान राजस्व छलि गरि ल्याईएको स्विाकार गरेका छन । कञ्चनपुर प्रहरीको नेतृत्वले दिनप्रतिदिन भन्सार छली, समाजमा भईरहेका गैरकानुनी गतिविधि देखिन अपराध नियन्त्रणका सवालमा निर्मम भएर लाग्नु राम्रो विषय भएको र त्यसमा कञ्चनपुर उद्योग बाणिज्य संघको समेत सहयोग रहेको उद्योग बाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले बताउनु भयो ।
अधक्ष्य जोशीले एक दुई जना व्यापारीको लगत प्रवृतिका कारणले गर्दा अन्य व्यापारीलाई समेत धक्का पुगेको बताउदै यस्ता खाले गैरकानुनी काम गर्ने जोकोहीलाई पनि कार्वाही हुनुपर्ने समेत बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कानुन विपरितका कार्यमा कडा एक्सन चलाए संगै एकातिर प्रत्येक दिन जसो लाखौ मुल्य बराबरको राजस्व संकलन भईरहेका छ भने अर्को तर्फ विभिन्न खालका अपराध र समाजमा हुने गलत प्रवृतिका कार्यमा कमी आएको छ । प्रहरीले बरामद् गरेका समान अधिकाशं खाद्यान्नका रहेको र जसमा चामल, तेल, दाल, चिनी, मसलाका परिकार, साबुन, सोडा, लगायत विभिन्न किरानाका अन्य गरी करिब अन्दाजी ८ देखि १० लाख सम्मका रहेका छन ।

Leave a Reply