एकान्तकुनामा सवारीचालक अनुमतिपत्रको नविकरण, वर्ग थप र राजश्व भुक्तानीको अनलाइन सेवा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८१, बुधवार

एकान्तकुनामा सवारीचालक अनुमतिपत्रको नविकरण, वर्ग थप र राजश्व भुक्तानीको अनलाइन सेवा सञ्चालन

काठमाडौं, २५ असोज ||
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइन सेवा देशव्यापी बनाउनुपर्ने बताउनुभएको छ । बिहीवार ललितपुरमा सवारी चालक अनुमति पत्रकाके अनलाइन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली बिस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लाइसेन्स, राजश्व बुझाउन कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले तीन तहका सरकारको बीचमा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार अघि बढे कुनैपनि काममा सफल भइने बताउनु भयो । उहाँले जनतालाई झन्झटभुक्त रुपमा सहज रुपमा सेवा दिनुपर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले नताले पाएको सास्ती देखेर बिचल्ली देखेर विचौलियाहरुले यातायात कार्यालयहरुमा सेवाग्राहीलाई शोषण गरिरहेको बताउनु भयो । उहाँले छिटो छरितो र नम्र भएर कर्मचारीहरुले काम गर्ने हो भने विचौलियाहरु निषेधित हुँदै जाने बताउनु भयो । उहाँले सेवाग्राहीको पहुँच कर्मचरीसँग नहुने तर विचौलियाको पहुँच कर्मचारीसँग हुनु नै समस्याको जड रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सटौलाले सडकका खाल्डाखुल्डी पुर्ने काममा सरकारले ढिलासुस्ती गरिरहेको बताउनु भयो । उहाँले नारायणगढ—मुग्लिन लगायतका सडकखण्डमा अझै सडकहरुका खाल्डाखुल्डी पुर्न सरकारी पक्षबाट ढिलासुस्ती भइरहेको भन्दै सडक सुरक्षित नभएसम्म दशैँतिहार जस्ता चाडबाडमा समयमै र सहज रुपमा यात्रुहरुलाई गन्तव्यमा लैजान कठिन हुने बताउनु भयो । उहाँले अग्रिम टिकट काट्नेको संख्या गत वर्षको तुलनामा धेरै भएको बताउनु भयो ।

बिहीवार यातायात व्यवस्था कार्यालय वागमती प्रदेशको एकान्तकुनाबाट सवारी चालक अनुमतिपत्रको नविकरण, वर्ग थप र राजश्व भुक्तानीको अनलाइन सेवा सञ्चालन भएको हो । संघका भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र वागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले अनलाइन सेवा शुभारम्भ गर्नुभएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);