दुधको मूल्य ६ देखि १० रुपैँयासम्म बढाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दुधको मूल्य ६ देखि १० रुपैँयासम्म बढाउने तयारी

dudh ko mulya

सीता शर्मा
काठमाडौं, ३ भदौ । सरकारले दुधको मुल्य वृद्धि गर्ने तयारी गरेको छ । कृषि तथा पशुपन्छि मन्त्रालयले मुल्यवृद्धि गर्न गठन गरेको कार्यदलले मन्त्रालयलाई प्रतिवेदन दिएसंगै सरकार मुल्यवृद्धि गर्ने तयारीमा जुटेको हो ।

कार्यदलले दिएको प्रतिवेदन अनुरुप सरकारले प्रतिलिटर ६ देखि १० रुपैँयासम्म मुल्यवृद्धि गर्ने तयारी गरेको छ । तर चाडपर्वको अगाडि सरकारले दुधको मुल्यवृद्धि गर्न लागेको भन्दै आमउपभोक्ता भने चिन्तामा छन् ।

दुग्ध विकास संस्थान डिडिसी मार्फत प्रतिलिटर ७० रुपैँयामा उपभोक्ताले अहिले दुध खरिद गदै आएका छन् । दुई वर्षसम्म दुधको मुल्य समायोजन हुन नसकेको भन्दै कृषि तथा पशुपन्छि मन्त्रालयले दुधको मुल्य बढाउने तयारी गरेको हो । अब सरकारले केहि दिन भित्रमा नै दुधको नँया मुल्य निर्धारण गर्ने तयारी गरेको छ । दुधको मुल्य बढाउने विषयमा मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले दुधमा प्रतिलिटर १० रुपैयासम्म मुल्यवृद्धि गर्न सुझाव दिएको छ ।

मन्त्रालयका अनुसार प्रप्येक वर्ष दुधको मुल्य समायोजन गनुपर्ने भएपनि पछिल्लो दुई वर्षमा दुधको मुल्य समायोजन भएको छैन । दुध उत्पादनमा किसानहरुको लागत बढेको हुनाले दुधको मुल्यवृद्धि गर्न आवश्यक भएको मन्त्रालयले जनाएको छ । वृद्धि हुने मुल्यमा ६९ प्रतिशत किसान र ३१ प्रतिशत व्यवसायीले पाउने गरी दुधको मुल्य निर्धारण गर्ने तयारी गरिएको छ ।

यता सरकारले दैनिक उपभोग्य दुधमा मुल्यवृद्धि गर्न लागेको भन्दै आमसर्वसाधारण भने आक्रोशित बनेका छन् । चाडपर्व नजिकिदै जाँदा सरकारले दुधको मुल्य वृद्धि गर्दा व्यवसायीहरुले दुग्धजन्य पदार्थमा जथाभावि मुल्य वृद्धि गर्ने उपभोक्ताहरुको भनाई छ

हाल सरकारले दुधको मूल्यप्रतिलिटर ७० रुपैँया तोकेपनि बजारमा व्यापारी पिच्छे फरक फरक मुल्य उपभोक्ताले तिर्ने गरेका छन् । किसानलाई देखाउदै मुल्यवृद्धि गर्ने सरकारले निर्धारण गरेको मुल्य किसानले पायो कि पाएन भनेर अनुगमन भने गर्ने गरेको छैन जसले गर्दा किसान भन्दा पनि व्यवसायीहरुले यसको फाइदा लिइरहेका छन् । चाडपर्वको मुखमा मुल्यवृद्धि गर्नेै पर्ने बाध्यता सरकारलाई किन पर्यो ? आम उपभोक्ताले जान्न खोजका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);