देशभरका ३९ जिल्ला भित्र ४३ स्थानमा सुपथमुल्य पशल सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देशभरका ३९ जिल्ला भित्र ४३ स्थानमा सुपथमुल्य पशल सञ्चालन

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । ३९ जिल्लामा ४३ स्थानमा सुपथ मूल्य पसल खुलेका छन् । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । केहि सस्तो दरमा खाद्यसामग्री पाउने भएपछि निम्नवर्गिय उपभोक्तालाई राहत मिलेको छ ।
हरेकवर्ष झै यसपालीपनि चाडपर्वलाई लक्षित सुपथ मुल्य पसल शुक्रबारबाट खुलेका छन् । सरकारी स्वामित्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा १० प्रतिशत छुट दिएको छ । चिनी प्रतिव्यक्ति २ किलो र नुन ६ किलोसम्म किन्न पाइनेछ ।

कम्पनीले काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ,नख्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट खाद्य सामग्री बिक्री वितरण गरेको छ । यस्तै उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरा लगायत स्थानमा सुपथमुल्य पसल खुलेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिममिटेडको प्रवक्ता शर्मिला न्यौपानेले बताइन् ।

चाडपर्व नजिकिए संगै हरेकवर्ष बजारमा खाद्यसामाग्रीमा अत्यधिक मुल्यवृद्धि हुने गरेको छ । यस्तो अवस्थामा उपभोक्ताले सुुपथ मुल्य पसलबाट थोरै भएपनि राहतको महशुस गर्ने गरेका छन् । केहि समानमा छुट भएकाले यस्ता सुपथ मुल्य पसलहरु अझै धेरै खुल्नु पर्ने उपभोक्ताको सुझाव छ ।
सुपथ मुल्य पसलमा खाद्य कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले आफ्ना बिक्री केन्द्र राखेका छन् । यसअघि नै कोरोना संक्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भीडभाड नहुने गरी बिक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिइसकेको छ । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);