बजारमा बिचौलियाहरुको एकाधिकार कहिले सम्म? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बजारमा बिचौलियाहरुको एकाधिकार कहिले सम्म? (भिडियाेसहित)

काठमाडाैं । पछिल्लो समय देशभर उपभोग्य वस्तुमा अत्याधिक मुल्य वृद्धि भएको गुनासो बढ्दो छ। बहुसख्यक जनता गरिबीको रेखामुनी रहेको अबस्थामा बजार महंगीले भने नयाँ नयाँ रेकर्ड कायम गरि रहेको छ। विशेषगरि इन्धन र खाद्य बसतुमा मनलाग्दी रुपमा मुल्य वृद्धि हुदा जनता हैरान भएका छन।

जनताका दैनिक समस्या एक पछि अर्को गरि थपिदैछन। बाढि पहिरोले मात्र दुख दिएको छैन, बजार महंगीले पनि जनताको ढाड सेक्ने काम गरेको छ। प्राकृतिक विपत्तीले अधिकांस जनताको बिल्लीबाठ भएको वेला बजार महंगीलले पनि नया नया रेकर्ड कायम गरिरहेको छ।

कोरोनाका कारण रोजगारि गुमाएकाहरुले तत्काल रोजगारि पाउन सक्ने सम्भावना छैन। वेरोजगारिको समसया झेलिरहेका नागरिकहरुलाई महंगी थप त्रसित बनाएको छ। अर्को तर्फ अर्बौको धान बाढिले नष्ट गरेपछि यस बर्ष सिंगो अर्थतन्त्र नै खलबलिने देखिएको छ। हचुवाको भरमा दिनप्रतिदिन बढिरहेको महँगीले नागरिकको भान्सा निकै महंगो बनेको छ।

चौतर्फी रुपमा चुनौती नै चुनौतीकाबीच जनताको दैनिकि चलिरहेको छ। पछिल्लो समय बजारमा दैनिक उपभोग्य समाग्रीमा अत्यधिक मूल्यवृद्धि भइरहेको गुनासो बढ्दो छ। खाने तेल देखि टमाटर सम्ममा मुल्यवद्धि आकासिएको छ। चाडपर्वको वेला किनमेलका लागि बजार जाने उपभोक्ताहरु महंगीले हैरान भएर घर फर्किरहेका छन।

इन्धनको मुल्य, वा यातायात क्षेत्रमा पनि अत्याधिक मुल्यवृद्धि भएको छ। बजारमा किन्दा उपभोक्ताले महंगो मुल्य तीर्नु परेको छ तर किसानहरुले सस्तोमै बेचदा पनि उत्पादित बस्तुले बजार पाउन सकेको छैन। जसका कारण किसानले श्रम गरे अनुसार मुल्य पाउन सकेका छैनन्, भने उपभोक्ता बजार महंगीले ठगिएका छन। दुइ तर्फी रुपमा जनता मारमा पर्दा दलाल व्यापारिहरुले खुलेआम लुटतन्त्र मच्चाएका छन। बजार अनुगमन गर्ने नियमक निकायले अखामा पटृी बाधेको छ। जसका कारण व्यापारीहरुले मनलाग्दी मुल्य बढाएर बजारमा आतंक मच्चाएका छन।

अधिकांस उपभोक्ताहरुले मुल्यवृद्धिबारे प्रश्न कहा गर्ने भन्ने कुरा समेत बुझेका छैनन। उपभोक्तासँग सम्बन्धि सस्थाहरु नामका मात्रै छन। उनीहरुले मौसमी अनुगमन गर्न माग गर्छन। त्यसमा पनि मिलुजुली चुपचाप लाग्ने अबस्था छ। पटक पटक हुने गरेको मूल्यवृद्धिले जनताको दैनिकि कति महंगो बनेको छ भन्ने हेक्का राज्यसत्ता सञ्चालनमा बसेकाहरुलाई कहिले पनि हुदैन। जनताको आम्दानि अनुसार मूल्यवृद्धि हुनु पर्ने सामान्य मान्यता विश्वव्यापि रुपमै छ। तर हाम्रो देसमा जनताको आय आर्जनको अबस्थालाई ध्यानमा खाखेर मुल्यवृद्धि गरिदैन।

सरकार नै विचौलिया र व्यापारीहरुसँग साठगाठमा हुने गरेको गुनास सधैभरि छ। जनताको अबस्थाबा बुझ्नु भन्दा पनि मुखदर्शक बनेर राज्यसत्तामा रहेकाहरुले जनतामाथि वयापारिहरुको रबैया बढाउन मलजल गरेको पाइन्छ। बहुसंख्यक जनता गरीबिको रेखामुनी रहेको हाम्रो देशमा अन्धाधुनद रुपले हुने मूल्य बृद्धि र कालोबजारीका कारण जनताले हैरानी ब्यहोर्नु परेको छ।
बजारमा महँगी मात्र बढेको छैन, गुणस्तरहिन वस्तु उपभोग गर्न जनता विवस छन।

अत्यावश्यक वस्तुहरु दुध, तरकारी, पानी, तेल, औषधीलगायतका वस्तुको गुणस्तर र मूल्यमा अनुगमन अति आवश्यक छ तर यस तर्फ सम्बनिधत निकायको ध्यान जान सक्दैन। अझ तरकारीमा त विचौलियाले अत्याधिक मुनाफा लिएर स्वास्थ्यका लागि घातक हुन गरि विषादीयुक्त तरकारी बेचिरहेका छन। कहिले कृतिम अभाव गरेर मुल्य बढाउने, कहिले भारतबाट आयातीति तरकारीले नेपाली किसानको उत्पादन विस्थापीत गर्ने प्रवृतिले किसानहरु समेत ठूलो मर्कामा छन। बजारमा बिचौलियाको एकाधिकार जमेको छ तर राज्य केहि बोल्न सक्दैन। यो नै देसको विडम्बना हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);