शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घट्यो

stock_exchange_nepse

काठमाडौं, १५ भदौ । आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ११ दशमलब ६ तीन अंकले घटेर एक हजार १ सय ८४ दशमलब सात आठ अंकमा पुगेको छ ।

१ सय ६९ कम्पनीका ११ लाख ४ हजार तीन सय ९५ कित्ताशेयर ६ हजार ४ सय ७८ पटकको कारोबारबाट २९ करोड ७३ लाख ९८ हजार ३ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलब ९ पाँच अंकले घटेर २ सय ५९ दशमलब दुई ९ अंकमा पुगेको छ ।

आइतबार वित्त समूहबाहेक कारोबार भएका सबै समूह ओरालो लागेको छ । वित्त समूह १ दशमलब ४७ अंकले उकालो लागेको हो । नेपाल लाईफ इन्स्योरेन्सको १ करोड ९७ लाख बढीको शेयर कारोबार भएको छ ।

आइतबार सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९ दशमलब नौ आठ प्रतिशतले कमाएका छन भने साञ्जेन जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ६ दशमलब चार शून्य प्रतिशतले गुमाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);